औषधि उपचारमा सहज हुनेगरी परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग जलन पीडितको माग

author

समाचारपाटी

१ हप्ता अगाडि

जलन पीडितहरुले औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । 
आईतवार एमालेले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो कानुन सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरुले तेजावबिरुद्ध कडा कानून ल्याएकोमा तत्कालीन केपी ओली नेतृत्वको सरकारप्रति आभार व्यक्त गरेका हुन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ साल भदौं २५ गते नेपालमा तेजावबिरुद्धको कडा कानून बनाएकोमा खुशी व्यक्त गर्दै पीडितहरुले सो सरकारलाई धन्यवाद दिए । पीडित  मुस्कान खातुनले आफूहरुले भेटेको १५ दिन भित्र तेजाव आक्रमणबिरुद्ध कडा कानून ल्याएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार गर्नुभयो । उहाँले आफूहरुलाई औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचय पत्रको व्यवस्था गरिदिन पनि सरकारसँग माग गर्नुभयो । 
खातुनले भन्नुभयो, ‘हामीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थियौं । तेजावबिरुद्ध कानूनको पनि कुरा गरेका थियौं । मलाई पूरै विश्वास थियो कि उहाँले कानून लिएर आउनु हुन्छ । र, हाम्रो कुरा छिट्टै सुनेर १५ दिन भित्र नै भदौं २५ गते कानून पनि आयो । त्यसले मलाई अत्यन्तै धेरै खुशी लाग्यो । त्यो कानुन अत्यन्तै राम्रो कानुन पनि आएको छ । यो कानून आयएता तेजाब आक्रमणको घटना अलि कम नै देखिएको छ । अहिले पनि हामीले अवार्नेस कार्यक्रम अहिले पनि गाउँघरमा गर्न एकदमै जरुरी छ । कानून आयो, हामीलाई धेरै प्रकारको सुविधा पनि भयो । हामीलाई परिचय पत्र दिएर त्यसै अनुसार औषधिको व्यवस्था गरिदिए हुन्थ्यो । यो कानून बनाउनु भएकोमा हाम्रो बालाई धेरै धन्यवाद भन्न चाहन्छु । उहाँले हाम्रो पीडा सुनेर १५ दिन भित्र नै कानून ल्याउनु भनेको एकदमै ठूलो काम हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहनुभएकी तेजाव आक्रमण पीडित विन्दबासिनी कंसाकारले तेजाव बिरुद्ध कडा कानून बनाउने काम गरेको भन्दै ओली नेतृत्वको तत्कालिन सरकारलाई धन्यवाद दिनुभयो । उहाँले सो कानुनको कार्यान्वयन गर्न भने सरकारलाई सचेत गराउनु भयो । उहाँले आफूले पनि सांसदको रुपमा र आफ्नो पार्टीले पनि सो कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

कंसाकारले भन्नुभयो, ‘अरु रोगभन्दा जलन र तेजाव आक्रमण भनेको गम्भिर अपरोध हो । यो हामी माथि त भयो । तर हामीले के चाहन्छौं भने यस्तो अपराध नेपालमा मात्र होइन, विश्वमा केहीँ पनि नहोस् । नेपालमा ६० देखि ७० हजार मान्छे वर्षमा जल्ने गर्दछ । तर उहाँहरुको उपचारको लागि केही पनि छैन । विगतमा जुन कानून बनेको छ । त्यो कानुन नेपालको लागि पर्याप्त छ । तर त्यो कानुन कार्यान्वयनमा आएको छैन् । र, म प्रतिनिधि सभा सदस्य भएको नाताले त्यो कानूनलाई कार्यान्वयनमा लिएर आउन म व्यक्तिगत रुपमा र प्रतिनिधिसभा सदस्यको रुपमा र मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पनि पहल गर्नेछु । र, आगामी दिनमा पनि पहल गरिरहनेछु । र, हाम्रो पूर्वप्रधानमन्त्रीज्यूले आजको दिनलाई सम्झिदिनु भएकोमा र तेजावबिरुद्ध कानून बनाउनु भएकोमा धेरैधेरै धन्यवाद ।’ 

उनीहरुले जलन पीडित सबैलाई उत्तिकै साथ दिन पनि सरकारलाई आग्रह पनि गरेका छन । जलन पीडित जेनी खड्काले तेजाव आक्रमणलाई मात्र नभई जलन पीडित सबैलाई समान व्यवहार गरिदिन आग्रह गर्नुभयो । उहाँले आफूहरुका लागि औषधि उपचारमा सहज हुने गरी आवश्यक व्यवस्था पनि मिलाउनुपर्ने बताउनु भयो । पीडित खड्काले भन्नुभयो, ‘सम्बन्धि सबै रोगीहरुलाई विशेष व्यवस्था गरिदिनु पर्दछ । उनीहरुका लागि औषधिपनि सहज ढंगले दिने व्यवस्था हुनुपर्यो ।’

केपी ओली नेतृत्वको सरकारले पीडितहरुसँग छलफल गरी २०७७ साल भदौ २५ गते अर्थात् आजनै दिन तेजाव आक्रमणबिरुद्ध कडा कानून निर्माण गरेको थियो । सोही दिनलाई एमालेले तेजाव आक्रमणबिरुद्ध जागरण दिवसको रुपमा मनाउने अभियान अन्तरगत पीडितहरुलाई भेला गरी उनीहरुको गुनासो सुनुवाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, अशोज ४, २०८०

२२.१६°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन