‘सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ’:-केपी शर्मा ओली

author

समाचारपाटी

२ हप्ता अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले काँग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताउनुभएको हो । आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरुलाई सरकारले किन पक्राउ नगरेको रु भनि प्रश्न समेत गर्नुभयो । पार्टी केन्द्रिय कार्यालय च्यासलमा तेजावबिरुद्ध आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने एक हप्ता अघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको भन्दै त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो । काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैल्याउनेहरुलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘ताप्लेजुङ जिल्ला डिएसपी राजन लिम्बू भन्ने मान्छे रहेछन् । केही आतंककारीहरुले उनको पनि हत्या गर्ने, उनको परिवारको पनि हत्या गर्ने आदि इत्यादि भनेर धम्क्याएर अनेका खालको एसएमएस पठाउने देखि लिएर के–के गरेका छन भनेर म अघि सुन्दै थिएँ । किनभने ती डिएसपी उनीहरुको साम्प्रदायिक विद्वेष, घृणाको, समाजमा हिंसा फैलाउने, त्रास फैल्याउने, समाज बिथोल्ने कुरामा सहभागी भएनन् । त्यस कुरामा असहमति रह्यो उनको । र, उनले डिएसपीको हैसियतले शान्ति सुरक्षा कायम गर्ने कर्तव्य पालना गर्छु भने । आतंकारीहरुलाई असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्न भने । साथ दिन सक्दिन भनेर समाजमा शान्ति सुव्यवस्था, एकताको पक्षमा कुरा गरे । त्यो कुरा सहन नसकेर तिमीलाई त मार्छौं नै । तिमीलाई मात्रै होइन, तिम्रा बालबच्चा, घर परिवार सबलाई पनि मार्छौं आदिइत्यादि भन्ने यो आतंकवाद बाहेक केही पनि होइन । यो आतंककारी क्रियाकलाप बाहेक केही पनि होइन । मैले आजको सन्दर्भमा फेरी यी कुराहरु किन उठाऊ रु भन्ने लागि राखेको पनि हो । तर, सरकारले आफैँले यस्ता कुराहरुलाई प्रोत्साहित गरिराखेको छ । बढाई राखेको छ । मार्छु भनिराखेको छ, सपरिवार मार्छु भनिराखेको छ । त्यस्ता मान्छेहरुलाई नियन्त्रणमा लिन्न । अस्ती यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त । पहिले नै, २÷४ दिन अगाडि नै खुकुरी हान्छु भनेको थियो । लात्ति हान्छु भनेर खुट्टा उचालेकै थियो । अनेक गरेको थियो त ऊसले । मान्छेहरुको नाम लिएको थियो । मान्छेहरुको नाम लिइलिइकन काट्छु भन्दाखेरी सरकार कानमा तेल हालेर बसेको थियो । त्यो प्रवृत्ति उचित होइन । सामाजिक एकता, सामाजिक सद्भावमा आधारित एकता राष्ट्रिय एकता बनाउनुपर्ने हुन्छ ।’ अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरुलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाव आक्रमणविरुद्ध कडा कानून निर्माण गर्नुपरेको बताउनु भयो । उहाँले तेजाव आक्रमण बिरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसा बिरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई पनि पटकपटक आग्रह गर्नुभयो । नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा अनेक ढंगले द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यामहरु लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सञ्चार माध्यमहरुलाई पनि म आग्रह गर्न चाहन्छु–कि तपाईहरुले बोलाईको बीचबाट कुनै राजनीतिक कुरा च्वास्स निकालेर प्रचार गर्न भन्दा यो सामाजिक जागरण अभियानलाई साथ दिन म आग्रह गर्न चाहन्छु । सामाजिक जागरण, हिंसाबिरुद्धको अभियान, हामी नेपाली–नेपाली बीचमा जातको नाउमा, भाषाको नाउमा, सम्प्रदायका नाउमा, विभिन्न आस्थाका नाउमा अनेक ढंगले नेपालमा द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको छ । फिजाउन खोजिएको छ । यस्ता कुराहरुमा तपाईहरु सजग हुनुहोस् । कुटनीतिज्ञहरु कुटनीतिक मर्यादा नाघेर विभिन्न ठाउँमा विभिन्न प्रकारका भेटघाट, ती भेटघाटका पछाडि के छ रु राम्रो कुरा भएको भए बाहिरी कुरा हुन्थ्यो होला । भित्र भेटघाट भइराख्या छ । यस्ता कुराहरुबाट हाम्रो मित्रहरुले पुनर्विचार गर्नुपर्छ भन्ने म ठान्छु । र, सरकारले यस्ता कुराहरुमा विना मोलाहिजा कुरा गर्नुपर्छ जोकोहीसँग पनि ।’ अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले सामाजिक जागरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको दावी गर्दै त्यसलाई निरन्तरता दिन सरकारलाई दबाब समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२१.०५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन