टर्कीको सुरक्षा बलले दक्षिणपूर्वी दियारबाकिर प्रान्तमा बम आक्रमणको योजना बनाउने पाँच आतंकवादीलाई पक्राउ गरेको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई उल्लेख गर्दै आतंकवादी संगठनको लागि काम गर्दै आएका ५ जनालाई पक्राउ गरिएको बताउनुभएको हो । संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रुपमा सूचिवद्ध पीकेके ले तीन दशक भन्दा बढी समयदेखि टर्की सरकारबिरुद्ध बिद्रोह गर्दै आएको छ । टर्कीले यस वर्षमा मात्रै उत्तरी सिरियामा सीमापार लुकेकाहरुसहित पीकेके र त्यसको सिरियाली शाखा कुर्दिश जन सुरक्षा इकाइका १ हजार १८० भन्दा बढी आतंकवादीहरुलाई पक्राउ गरेको छ ।
सिन्ह्वा