प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुट्ने हतियारधारी गिरोह पक्राउ

author

समाचारपाटी

२ हप्ता अगाडि

विराटनगर  । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा सादा पोशाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुट्ने हतियारधारी गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका ७ जनामध्ये एकजना बालक पनि छन् । 

गिरोहलाई मोरङको बूढीगंगालगायतका स्थानबाट पक्राउ गरेर  आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा  पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल, सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीलगायतमा प्रहरीको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको हो । 

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहवी–१ का ३० वर्षीय मोहमद अलिम मुर्तुजा, १४ वर्षीय बालक, मोरङको बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम (मोबाइल सेन्टरका सञ्चालक), बूढीगंगा–५ का २१ वर्षीय मोहमद नजरुल मिया र सुनसरी दुहवी–६ मा बस्ने भारतीय नागरिक ४० वर्षीय मोहमद आलम रहेका छन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ परेकामध्ये रिजवान २०६४ देखि २०७९ सम्म मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध डाँका, चोरी, हातहतियार खरखजना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा अदालतमा दर्ता भएको छ । रिजवान २०६४ को डाँका र २०६५ को डाँका ज्यान मुद्दाका फरार प्रतिवादी रहेको डीएसपी दाहालले बताउनुभयाे । 

उहाँका अनुसार पक्राउ परेको गिरोहबाट ठूलो चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल, १ लाख ७५ हजार बढी नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ, डलर, सुनको जस्तो देखिने झुम्का र तिलहरी, चाँदीको जस्तो देखिने पाउजू र सिक्रीलगायतका विभिन्न सामान बरामद भएको छ । ठूलो चाइनिज पेस्तोल प्रहरीबाट लटिएको हो । कटुवा पेस्तोल गिरोहले अपराधिक धन्दामा प्रयोग गर्ने गरेको थियो । प्रहरीबाट लुटिएको पेस्तोल रिजवानको घरको छानमा लुकाएर राखेको अवस्थामा बरामद भएको डीएसपी दाहालले बताउनुभयाे । 

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार पक्राउ परेको गिरोह श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको खुलेको छ । गिरोहले हातहतियार देखाएर डर, त्रास सिर्जना गरेर लुटपाट गर्ने गरेको उहाँले बताउनुभयाे । चोरी नियन्त्रणका लागि सुनसरीको इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीमाथि बर्जु–१ मा शुक्रबार बिहानका राति यो गिरोहले आक्रमण गरेको थियो । 

घटनास्थल विराटनगर महानगरपालिका–५ नजिकै छ । घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो । उक्त एरियामा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ । त्यस सम्बन्धित सूचना संकलन गर्न र घटनालाई नियन्त्रणमा लिन दुहवीबाट प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोशाकमा खटाइएको थियो । परियार र चौधरी पुग्नासाथ एउटा समूहले प्रहरीमाथि आक्रमण गरेको थियो । 

आक्रमणपछि प्रहरीलाई घाइते बनाएर हतियार र गोली लुटेर उक्त समूह फरार बन्यो । आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको थियो । घटनापछि अपराधिक गिरोहको खोजीका लागि कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल र सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले प्रहरीका विभिन्न टोली परिचालन गरेका थिए । 

लुटिएकोमध्ये प्रहरीले पेस्तोलको छ राउण्ड गोली, म्यागजिन,गोलीको खाली खोका यसअघि फेला पारिसकेको छ । साथै, उक्त गिरोहले कटुवा पेस्तोलमा प्रयोग गर्ने एक राउण्ड गोली बरामद भएको थियो । प्रहरीबाट लुटिएको पेस्तोल भने मोरङको बूढीगंगाबाट बरामद भएको हो । पक्राउ परेकाविरुद्द डाँका, हातहतियार खरखजना र संगठित अपराधमा मद्दा चलाउने प्रहरीको तयारी छ ।

annapurnapost


काठमाडौं

मङ्लबार, अशोज ९, २०८०

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक