दक्षिण कोरियाली खेलकुद टोलीले सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एशियाली खेलकुदको तयारीलाई तिब्र बनाएको छ ।
इशियाली खेलकुदका लागि दक्षिण कोरियाली फिफा अनलाइन ४ टोलीले तयारी गरिरहेका छन् । उनीहरुले उपाधिलाई मुख्य लक्ष्य राखेर तयारी गरिरहेको बताए । स्वर्ण पदक जित्नु नै आफ्नो मुख्य लक्ष्य भएको दक्षिण कोरियाली फिफा अनलाइन ४ टोलीका प्रतियोगी क्वाक जुन ह्युकले बताउनु भयो । उहाँले आफ्नो प्रतिद्वन्दी थाइल्याण्ड भएको बताउनु भयो ।

त्यस्तै अर्का प्रतियोगी पार्क की योङले पनि आफू स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने बताउनु भयो । उहाँले थाइल्याण्ड आफूहरु भन्दा धेरै बलियो रहेको र साथमा चीन पनि बलियो प्रतिद्वन्दी रहेको बताउनु भयो ।
त्यस्तै दक्षिण कोरियाली फिफा अनलाइन ४ टोलीका प्रशिक्षक शिन बो सेकले अहिले दक्षिण कोरियाको टिम सोचेको भन्दा राम्रो रहेको र एशियाली खेलकुदको लागि तयार रहेको बताउनु भयो । उहाँले एशियाली खेलकुदमा आफूहरुको पहिलो पटक सहभागिता भएकाले केही समय पहिला कठिनाइ भोग्नुपरेको बताउनु भयो । अहिले सबै राम्रो बन्दै गइरहेकाले खेलाडीहरु नतिजा ल्याउने गरी तयारीमा लागेको बताउनु भयो ।
फिफा अनलाइन ४ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत सातमध्ये एक खेल हो ।