‘मालबाहक ढुवानी सवारीसाधनले मात्रै सामान बोक्न पाउनुपर्छः यातायात व्यवसायी

author

समाचारपाटी

३ हप्ता अगाडि

यातायात व्यवसायीहरुले प्रयोजन विपरितका सवारी साधनहरुले गरिरहेको मालबाहक ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन् । 

पछिल्लो समय एउटा प्रयोजनको लागि ल्याइएका सवारी साधनहरु मालबाहक वा यात्रुबाहक सवारी साधनको रुपमा प्रयोग बढेको भन्दै त्यस्तो प्रयोग तत्काल रोक्न व्यवसायीहरुले माग गरेका हुन् । यातायात व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुमा प्रयोजन अनुसार प्रयोग भए÷नभएको जाँच गरी कारबाही गर्न आग्रह गरेका छन् । उनीहरुले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले प्रयोजन विपरित यात्रा र ढुवानी सेवा दिन नपाउने कानूनी व्यवस्था रहेको बताए । उनीहरुले सार्वजनिक र निजी सवारी साधनको विषयमा स्पष्ट नीति फितलो हुँदा मालबाहक सवारी साधनहरु चल्न नसक्ने अवस्थामा रहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले प्रयोजन विपरित चल्ने सवारी साधनहरुलाई सरकारले कडाई गर्नुपर्ने बताउनु भयो । उहाँले कृषिमा सुविधा लिएर जोत्नको लागि सवारी साधन बनाएकोले कृषिको लागि दर्ता भएको ट्याक्टरले ढुवानी गर्न नपाउने दाबी गर्नुभयो । उपाध्यक्ष सिटौलाले बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नको लागि ट्याक्टर प्रयोग भइरहेको भन्दै सरकारले तत्काल रोक्नुपर्ने बताउनु भयो । उहाँले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले मालबाहक सवारीका रुपमा ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै निकायहरुलाई पत्र पठाएको बताउनु भयो । त्यस्तै उपाध्यक्ष सिटौलाले सरकारले भारतीय मालवाहक सवारी साधनलाई ७२ घण्टाको परमिट सुविधा दिनु गलत भएको बताउनु भयो । उहाँले ७२ घण्टामा त्यस्ता सवारी साधनहरु देश नै घुमिसक्ने भन्दै नेपालमा मालवाहक सवारी साधनहरु घर ग्यारेजमा थन्किनु परेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘सरकारले भातीय मालवाहक सवारी साधनलाई ७२ घण्टाको परमिट सुविधा दिएको छ । ७२ घण्टामा देश नै घुमिसक्छ । तर नेपालमा मालवाहक सवारी साधनहरु घर ग्यारेजमा थन्किनु परेको छ । त्यो मात्रै नभएर सार्वजनिक यात्रुवाहक यातायात र ट्याक्सीको हालत त्यही छ । प्रयोजन विपरितको रातो प्लेटको सवारी साधनलाई महासंघमा सदस्यता दिने गरेको थियो त्यो हुँदैन । प्रयोजन विपरित कृषिमा सुविधा लिएर जोत्नको लागि सवारी साधन बनाएको हो । वालुवा गिट्टी रडछड र सिमेन्ट बोक्नको लागि गरिएको होइन । महासंघको विधानबाट हटाउनुपर्छ भनेर हटाएका छौं । महासंघले प्रयोजन विपरितको सवारी साधनले प्रयोजन विपरित यात्रा गर्न पाउँदैन । मालबहाक ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै सरकारी निकायहरुलाई पत्र पठाएका छौं ।’

नेपाल यातायात राष्ट्रिय महासंघका कोषाध्यक्ष रामबाबुशिवु तामाङले सार्वजनिक यातायात व्यवसायीहरुलाई राज्यले दुश्मन बनाउने काम गरेको बताउनु भयो । उहाँले यातायात ऐन अनुसार चलाउन राज्यले निदेशन गर्नुपर्ने बताउनु भयो । कार्कीले सप्रमाण सहित प्रयोजन विपरितका सञ्चालन हुने सवारी साधनहरुलाई कारबाही न्युन रहेको भन्दै कडाईका साथ सरकारले कारबाही गर्न माग गर्नुभयो । उहाँले प्रयोजन विपरित चल्ने सवारी साधन रोक्ने गरी सरकारी निकायहरु लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले सार्वजनिक सवारी साधनहरुले रोड परमिटदेखि जाँचपास लिएर हिँड्ने तर जिनी सवारीसँग विलबुक मात्रै हुने भन्दै वार्षिक रुपमा एउटा विषयमा मात्रै कर तिरेर राज्यका विभिन्न भागमा गएर भाडाको काम गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो। उहाँले निजी प्रयोजनका लागि लिएको सवारी साधन त्यही अनुसार प्रयोग गर्नुपर्ने र अन्यन्त्र लगेर ढुवानी लगायतको काम गरेको भए राज्यले कारबाही गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘सार्वजनिक यातायात व्यवसायीहरुलाई राज्यले दुश्मन बनाउने काम गरेको छ । यातायात ऐन अनुसार जुन प्रयोजनका लागि ल्याएको त्यसरी नै चलाउनु पर्छ । सप्रमाण सहित प्रयोजन विपरितका सञ्चालन हुने सवारी साधनहरुलाई कारबाही न्युन हुन्छ । प्रयोजन विपरित चल्ने सवारी साधन रोक्ने गरी सरकारी निकायहरु लागेको छैन । जुन रुपमा बिलबुक दिएको हुन्छ । तर हाम्रोमा सार्वजनिक सवारी साधनहरुले रोड परमिटदेखि जाँचपास लिएर हिँड्छौं । तर उहाँहरुसँग विलबुक मात्रै हुन्छ । वार्षिक रुपमा एउटा विषयमा मात्रै कर तिर्ने र राज्यका विभिन्न भागमा गएर भाडाको काम गर्ने गरेका छन् । त्यस्तो काम गर्नुहुन्छ र भनेर भनिन्छ तर सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण फरक छ । निजी प्रयोजनका लागि लिएको सवारी साधन त्यही अनुसार प्रयोग गर्नुपर्छ यति अन्यन्त्र लगेर ढुवानी लगायतको काम गरेको भए राज्यले कारबाही गर्नुपर्छ ।’

त्यस्तै, नेपाल यातायात राष्ट्रिय महासंघको मालबाहक समिति सभापति नविन प्रजापतीले नेपालमा दिउँसोको समयमा मालवाहक सवारी साधनहरुलाई सञ्चालनमा प्रतिवन्ध लगाउनु गलत भएको बताउनु भयो । उहाँले मालवाहकका ठूला टिप्परहरु बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था तत्काल खारेज गर्न माग गर्नुभयो । तामाङले राज्यलाई बुझाउनुपर्ने कर ३६५ दिन कै बुझाउने तर बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गैरजिम्मेवार रहेको बताउनु भयो । उहाँले सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर विगतको जस्तै व्यवस्था लागू गर्न माग गर्नुभयो । उहाँले सवारी दुर्घटनापछि सरकारको बीमाको नीतिमा ३ लाखसम्म बीमाको पालिसीले कभर गर्ने ३ लाख पछिको औषधि उपचारमा व्यवसायी आफैँले तिर्ने प्रावधान अव्यवहारिक रहेको बताउनु भयो । उहाँले मालबाहक सवारी साधनलाई ट्राफिक प्रहरी र प्रहरीले ओभर लोड भनेर दुःख दिने काम गरेको भन्दै सहजीकरणको वातावरण बनाउन सरकारसँग माग गर्नुभयो । 
उहाँले भन्नुभयो,‘नेपालमा दिउँसोको समयमा मालवाहक सवारी साधनहरुलाई सञ्चालनमा प्रतिवन्ध लगाएको अवस्था हो । मालवाहकका ठूला टिप्परहरु बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउँछौं । राज्यलाई बुझाउनुपर्ने कर ३६५ दिनकै बुझाउँछौं । बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गैरजिम्मेवार छ । सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर विगतको जस्तै व्यवस्था लागू गर्न माग गर्दछौं । सवारी दुर्घटनापछि सरकारको बीमाको नीतिमा ३ लाखसम्म बीमाको पालिसीले कभर गर्ने ३ लाख पछिको औषधि उपचारमा व्यवसायी आफैँले तिर्न प्रावधान अव्यवहारिक छ । त्यसले करोडौ रुपैयाँसम्म बिरामीको उपचार गर्न लाग्ने अवस्था छ । मालबाहक सवारी साधनलाई ट्राफिक प्रहरी र प्रहरीले ओभर लोड भनेर असाध्यै दुःख दिने काम गरेको छ ।’

त्यस्तै,दाङ ट्याक्टर व्यवसायी ढुवानी सेवा प्रा.लि.का अध्यक्ष चिन्तामणि आचार्यले सार्वजनिक यातायात र निजी सवारी साधनको विषयमा राज्यको नीति नियम नै फितलो रहेको बताउनु भयो । उहाँले  विगतमा ७ हेक्टर जमिन देखाएर मात्रै ट्याक्टरहरु खरिद गर्न पाउने व्यवस्था विगतमा रहेको बताउनु भयो। उहाँले केही वर्षपछि जग्गाको प्रावधान हटाएर घर धितो राख्दा बैंकले ऋण लगानी गरेर ट्याक्टर बजारमा आएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘सार्वजनिक यातायात र निजी सवारी साधनको विषयमा राज्यको नीति नियम नै फितलो छ । ७ हेक्टर जमिन देखाएर मात्रै ट्याक्टरहरु खरित गर्न पाउने विगतमा व्यवस्था थियो । केही वर्षपछि जग्गाको प्रावधान हटाएर घर धितो राख्दा बैंकले ऋण लगानी गरेर ट्याक्टर बजारमा आयो ।’

उहाँले जुन प्रयोगको लागि दर्ता भएको सवारी साधन हो त्यही प्रयोजनको लागि प्रयोग गरे मात्रै मालबाहक ढुवानी व्यवसायीका सवारी बाहिर निस्कन पाउने अवस्था रहेको बताउनु भयो । उहाँले जुनसुकै प्रयोजनमा दर्ता भएका सवारी साधनले ढुवानी र यात्रु सेवा दिँदा सार्वजनिक यातायात क्षेत्र मर्कामा पर्ने बताउनु भयो । 


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२२.७२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन