चालु आर्थिक वर्षको बजेटमा नागरिक उड्डयन प्राधिकरणका छैनन् नयाँ कार्यक्रम र योजना

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा नयाँ योजना भन्दा पनि पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । 


चालु आर्थिक वर्ष साउन १ गतेदेखि कार्यान्वयनमा जाने बजेट ल्याउन केही ढिला गरेर प्राधिकरण सञ्चालक समितिले मंगलवार आर्थिक वर्ष २०८०/८१ बजेट ल्याएको थियो । नेपालको हवाई क्षेत्रमा काम गर्ने एउटै निकायको रूपमा रहेको नागरिक उड्डयन प्राधिकरणले हवाई सञ्चालन, नियमन र विमानस्थल पूर्वाधारको विकास निर्माण आफैँले गर्दै आएको भएपनि बजेट त्यही अनुसार नभएको देखिएको छ । प्राधिकरणले ढिला गरेर बजेट ल्याएपनि कुनै नयाँ र ठूलो आयोजनाहरु समेट्न सकेको छैन । प्रधाकिरणले विगतका पुराना कार्यक्रमहरु र योजनाहरुलाई नै निरन्तरता दिएर बजेट पास गरेको छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएका ठूला अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको लागि नयाँ कार्यक्रम योजना बनाउन समेत प्राधिकरण चुकेको देखिन्छ । चालु आर्थिक वर्षको बजेटमा प्राधिकरणले नयाँ पूर्वाधार विकास भन्दा पनि विगतका पुराना कार्यक्रमलाई चालु आर्थिक वर्षभित्रै सक्नेगरी अगाडि बढेको देखिन्छ । प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा विशेष गरी विमानस्थलको पूर्वाधार विकास, उड्डयन तथा हवाइ सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा पारेको छ । त्यस्तै,यो वर्षको बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गर्ने विषयलाई जोड दिइएको छ । प्राधिकरणले यो वर्ष उपकरण खरिदमा बजेट विनियोजन गरेको छ । बजेटमा नेपालगञ्ज, विराटनगर, भरतपुर तथा भोजपुर विमानस्थलमा निर्माण शुरु भएका आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवनको कामलाई तिब्रता दिने तथा अन्य आन्तरिक विमानस्थललाई पनि बिस्तार तथा स्तरोन्नतिलाई केन्द्रमा राखेर बजेट विनियोजन भएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले बताउनु भयो । प्रवक्ता निरौलाले चालु आर्थिक वर्षको बजेटमा प्राधिकरणको स्रोतमा कमी भएको कारण नयाँ र ठूला पूर्वाधार आयोजनाहरु शुरुवात गर्ने कुनैपनि कार्यक्रमहरु आउन नसकेको स्पष्ट पार्नुभयो । उहाँले प्राधिकरणले विगतका वर्षहरुमा ठेक्का सम्झौता भएर निरन्तरता रहेका कार्यक्रमहरु सम्पन्न गर्ने बजेटको मुख्य उद्देश्य रहेको बताउनु भयो । प्राधिकरणको बजेट विमानस्थल सञ्चालन,यात्रु सुविधामा वृद्धि गर्नेगरी आएको उहाँको दाबी छ । उहाँले चालु आर्थिक वर्षमा प्राधिकरणले पुँजीगततर्फ ठूला आयोजनाहरु सञ्चालन नगर्ने गरी बजेट आएको उल्लेख गर्नुभयो । प्रवक्ता निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला पूर्वाधारका कामहरु चालु अवस्थामा रहेको भन्दै विमानस्थलको धावन मार्गको पूर्वतर्फ जहाजको पार्किङ क्षेत्र बिस्तार गर्ने र ह्याङ्गर व्यवस्थापन कार्यक्रमको निरन्तरता दिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे रिनोभेसन स्तर उन्नति गर्ने बाटोहरु र पुलहरु बनाउने कार्यक्रम रहेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न विमानस्थलमा एक्सरे मिसिनहरु आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा थप राख्ने गरी बजेट विनियोजन भएको स्पष्ट पार्नुभयो । उहाँले चन्द्रगण्डी,जनकपुर,गौतमबुद्ध विमानस्थलहरुमा ब्यागेज ह्याण्डलिङ सिस्टम यात्रुहरुलाई सहज हुने तरिकाले सेवा दिन बजेट व्यवस्था गरेको दाबी गर्नुभयो । उहाँले सुर्खेत,राजविराज र तुम्लिङटार विमानस्थलमा धावनमार्गमा लाइटहरु व्यवस्था गर्ने कार्यक्रम चालु बजेटमा रहेको बताउनु भयो । उहाँले तराईका विमानस्थलमाहरुमा फायर भेहिकलहरु थप गरिने बताउनु भयो । प्रवक्ता निरौलाले निर्माण सम्पन्न भएर सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आशा गरे अनुरुप अन्तर्राष्ट्रिय वायुयानहरु आउन नसको भन्दै प्राधिकरणले अन्तर्राष्ट्रिय वायुयानहरुलाई आकर्षित गर्न प्राधिकरणले लिने जहाज अवतरण,विश्राम,सञ्चार,सुरक्षा शुल्कमा शतप्रतिशत छुट गरेको बताउनु भयो । 


उहाँले भन्नुभयो,‘प्राधिकरणमा बजेट स्रोतको कमिको कारण नयाँ ठूला आयोजनाहरु शुरुवात गर्ने कुनै पनि कार्यक्रहरु छैनन् । विगतका वर्षहरुमा ठेक्का सम्झौता भएर निरन्तरता रहेका कार्यक्रमहरु सम्पन्न गर्नुपर्छ भन्ने मुख्य बजेटको उद्देश्य छ । बजेटले विमानस्थल सञ्चालन,यात्रु सुविधामा वृद्धि गर्नेगरी छ । पुँजीगततर्फ ठूला आयोजनाहरु सञ्चालन गर्ने छैनौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला पूर्वाधारका कामहरु चालु अवस्थामा छन् । विमानस्थलको धावन मार्गको पूर्वतर्फ जहाजको पार्किङ क्षेत्र बिस्तार गर्ने कार्यक्रम छ । विगतका वर्षदेखि निरन्तरता भएर आएको छ । त्यस्तै,त्रिभुवन विमानस्थललाई नै धावनमार्गको पूर्वतर्फ ह्याङ्गर व्यवस्थापन कार्यक्रमको निरन्तरता छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी ओए रिनोभेसन स्तर उन्नती गर्ने बाटोहरु र पुलहरु बनाउने कार्यक्रम छ । त्यो पनि विगत वर्षदेखि निरन्तरता भएर आएको छ । टर्मिनल भवनतर्फ विराटनगर,नेपालगञ्ज,भरतपुर र भोजपुर विमानस्थलमा टर्मिनल भवन निर्माणको कामहरु जारी रहन्छन् । यन्त्रउपकरणमार्फत विभिन्न विमानस्थलमा एक्सरे मिसिनहरु आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा थप राख्ने गरी बजेट विनियोजन गरेको छ । चन्द्रगण्डी,जनकपुर,गौतमबुद्ध विमानस्थलहरुमा ब्यागेज ह्याण्डलिङ सिस्टम यात्रुहरुलाई सहज हुने तरिकाले सेवा दिन बजेट व्यवस्था गरेको छ । प्राधिकरणका कर्मचारीहरुलाई दक्ष जनशक्ति बनाउन सिमलेटर मेसिनहरु खरिद जडान गरेर सञ्चालन गर्छौं । सुर्खेत,राजविराज र तुम्लिङटार विमानस्थलमा रनवेय लाइटहरु व्यवस्था गर्ने कार्यक्रम पनि छ । तराईका विमानस्थलमाहरुमा फायर भेहिकलहरु थप गर्ने कार्यक्रम छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएका दुई गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आशा गरे अनुरुप अन्तर्राष्ट्रिय वायुयानहरु आएको अवस्था छैन । तर प्राधिकरण अन्तर्राष्ट्रिय वायुयानहरुलाई आकर्षित गर्न प्राधिकरणले लिने जहाज अवतरण,विश्राम,सञ्चार,सुरक्षा शुल्कमा शतप्रतिशत छुट गरेका छौं । पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा भदौ २३ गते शनिवार भूटान एयरलाइन्सले चार्टड उडान गर्दैछ । त्योसँग पोखरा विमानस्थलबाट पनि चाँडै नियमित अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा छ ।’

उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको चालु आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकता हवाई सुरक्षा र उडान सुरक्षामा केन्द्रित गरेर बजेट तर्जुमा गरेको बताउनु भयो । उहाँले विगतका वर्षदेखि रहेका विमानस्थल पूर्वाधार विकास र नियमित गर्नुपर्ने विमानस्थलका जनशक्तिहरुको विकास गर्न तालिम दिने र पदपूर्ति गर्ने कार्यक्रमहरु र अन्तर्राष्ट्रिय संघ संस्थाहरु आईकाओ र आएटा लगाउतका अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यलाई निरन्तरता दिनेगरी बजेट तथा कार्यक्रमहरु तय भएको उल्लेख गर्नुभयो । उहाँले प्राधिकरणले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताउनु भयो । गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा प्राधिकरणले यो वर्ष ५ अर्ब १९ करोड रुपैयाँ कम बजेट ल्याएको छ । उहाँले चालु आर्थिक वर्षका कुल ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेटमा पूर्वाधार विकास (पुँजीगत खर्च) तर्फ  १९ अर्ब ३ करोड  र खर्च ७ अर्बमा सिमित गरेको बताउनु भयो । दैनिक कार्य सञ्चालन तथा कर्मचारी अवकाश र चालु खर्च शीर्षकमा प्राधिकरणले ४ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको सावाँ, ब्याज, सरकारलाई भुक्तानी गर्नुपर्ने आयकर मूल्य अभिवृद्धिकर  र शेयर लगानी बापतको लाभांश समेतको लागि १० अर्ब छुट्याएको उल्लेख गर्नुभयो । उहाँले बजेटको स्रोत व्यवस्थापनमा प्राधिकरणको स्रोतबाट ३० अर्बको व्यवस्थापन गरिएको र बाँकी नेपाल सरकारले प्राधिकरणलाई दिने शेयर तथा ऋण लगानी बापत ६ अर्ब ६४ करोड रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘नेपाल नागरिक उड्डयन प्राधिकरणको चालु आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकताको क्षेत्र भनेको हवाई सुरक्षा र उडान सुरक्षामा केन्द्रित गरेर बजेट तर्जुमा गरेका छौं । विगतका वर्षदेखि रहेका विमानस्थल पूर्वाधार विकास र नियमित गर्नुपर्ने विमानस्थलका जनशक्तिहरुको विकास गर्न तालिम दिने र पदपूर्ति गर्ने कार्यक्रमहरु र अन्तर्राष्ट्रिय संघ संस्थाहरु आईकाओ र आएटा लगाउतका अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यलाई निरन्तरता दिनेगरी बजेट तथा कार्यक्रमहरु तय भएको छ । चालु आर्थिक वर्षको प्राधिकरणको बजेट ३६ अर्ब ६६ करोड विनियोजन गरेका छौं । जसमध्ये पूर्वाधार विकास (पुँजीगत खर्च) तर्फ  १९ अर्ब ३ करोड छ । प्राधिकरण खर्च ७ अर्बमा सिमित गरेका छौं । नेपाल सरकारलाई भुक्तानी गर्नु पर्ने ऋणको सावाँ, ब्याज, सरकारलाई भुक्तानी गर्नुपर्ने आयकर मूल्य अभिवृद्धिकर  र शेयर लगानी बापतको लांभाश समेतको लागि १० अर्ब छ । उक्त बजेटको स्रोत व्यवस्थापनमा प्राधिकरणको स्रोतबाट ३० अर्बको व्यवस्थापन गरिएको छ । नेपाल सरकारले प्राधिकरणलाई दिने शेयर तथा ऋण लगानी बापत ६ अर्ब ६४ करोड गरी  ३६ अर्ब ६६ करोड विनियोजन गरिएको छ । प्राधिकरणको पुँजीगत खर्च केन्द्रिय विभागमार्फत खर्च गर्छौं । विभागबाट नै विभिन्न विमानस्थलहरुको बिस्तार,विकास,स्थिर उन्नतीका कार्यक्रमहरु राख्छौं । बाहिर जिल्लाहरुमा ३३ वटा कार्यलयहरु छन् । ती कार्यालयहरुमा सामान्य पुँजीगत र सञ्चालन खर्च मात्रै हुन्छ ।’

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष ४१ अर्ब ८५ करोडको बजेट ल्याएकोमा चालु आर्थिक वर्ष ५ अर्ब १९ करोड रुपैयाँ घटाएर बजेट ल्याएको छ । दुई राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरा सञ्चालनमा आइसकेकाले चालु आर्थिक वर्ष प्राधिकरणको बजेट घटेको प्राधिकरणले बताएको छ । गत आर्थिक वर्षमा १३ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरले चालु आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।


काठमाडौं

मङ्लबार, अशोज ९, २०८०

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक