काँग्रेस सहमहामन्त्री यादवमाथिको सांघातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास गरियोः गगन थापा

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको बिरोध गर्नुभएको छ ।

उहाँले सो सांघातिक आक्रमण सनकको भरमा भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री थापाले सो घटनाको सबै पक्षको अनुसन्धान गरी सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले के काठमाडौंमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न समेत गर्नुभयो । कोही जलाई दिन्छु भन्ने, कोही खुकुरी प्रहार गर्ने अवस्था भएकाले काठमाडौंमा आफूहरु एक्लै हिँड्नसक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाममा आउने गरी काम भने नगरिरहेको महामन्त्री थापाको गुनासो थियो । उहाँले नेपाली समाजमा हिंसात्मक घटनालाई पनि थामथुम पार्ने प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली काँग्रेस सहमहामन्त्री, संविधानसभा सदस्य महेन्द्र यादवमाथि हिजो मध्यान्ह काठमाडौंमा सांघातिक आक्रमण भएको छ । मैले गलत्तै चिकित्सकहरुलाई सम्पक गरेको थिए । चिकित्सकहरुको भनाई अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ । उहाँले नछल्नु भएको भए जे पनि हुनसक्थ्यो । म उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ गर्नुपर्छ । तर एउटा सन्काले सनकेर हान्यो । म नेपाली काँग्रेसका तर्फबाट सरकारलाई सचेत पनि गराउन चाहन्छु, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयको गहिरो अनुसन्धान भएर योे घटना कसरी भयो, किन भयो ? यसका सबै पक्षहरुको बारेमा राम्रोसँग अनुसन्धान होस् । र, योसँगै जोडिएका अरु सबै पक्षहरुको पनि । म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु–के हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाई दिन्छु भन्छन कोही यस्तो गर्छन् । हामी एक्लै हिँड्न हुने हो कि होइन ? म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँ बोलेको सुनेको छु । यसलाई छाडिने छैन, यस्तो गरिने छैन । म आग्रह पनि गर्न चाहन्छु–जिम्मा लिएको धेरै बोल्ने होइन, गर्ने हो । हामी परिणाममा हेर्न चाहन्छौं । हामीले परिणाममा देख्यौ भने त्यसको मूल्यांकन गर्ने संसद छ । नागरिक छ । आम जनता छन् । सञ्चार माध्याम छन् । काठमाडौंमा एउटा सांसद, संविधान सभाको सदस्य भएको व्यक्ति कार्यक्रममा सहभागी भएर आउँदैगर्दा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई के कुरा पनि भन्नुपर्छ । हिजो मैले समाचारहरु पनि पढेँ सम्माननीय सभामुख महोदय । यो लेखिएको छ भने घटना हुनुभन्दा पहिलो महेन्द्र यादवले के बोले भनेर लेखिएको छ । त्यसको आशय के हो ? महेन्द्र यादवले जे सुकै बोलेका हुन् । महेन्द्र यादवले कसैलाई मन नपर्ने बोले । कसैलाई चित्त नबुझने कुरा बोले । कसैले पनि बोलेको कुरालाई लिएर सांघातिक आक्रमण गर्ने, खुकुरी प्रहार गर्ने जायज ठहर्न सक्छ ? यदी हामी कुनै पनि ढंगबाट हिंसालाई जायज बनाउने कोशिस गरिरहेका छौ भने त्यो गलत छ । सम्माननीय सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यो संसद भित्र रहेका सबै राजनीतिक दलहरु, सञ्चार माध्याम, नागरिक, नागरिक समाज सबैले एक पटक मनन गर्ने बेला आएको छ कि यदी समाजमा असन्तुष्टि छ । तर यो असन्तुष्टिलाई देखाएर यदी हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, हिंसालाई प्रोत्साहन गर्ने घटना वा हिंसात्मक गतिविधिहरुलाई कुनै न कुनै मानेबाट प्रश्रय दिन हामीले खोज्यौं भने नेपाली समाजले ठूलो मूल्य चुकाउनु पर्छ । हामी धेरै संघर्ष र सकसबाट हिंसाबाट बाहिर निस्केका छौं । तर कता, कता असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दा पनि असन्तुष्टिलाई भजाएर अराजकता मच्चाउने खालको पहलकदमी भएको हामीले देखिरहेका छौं । महेन्द्र यादवमाथि आक्रमण भयो भन्नेकुरा मात्रै होइन यो । मान्छे मर्यो भन्ने कुरा होइन सभामुख महोदय, काल पल्क्यो भन्ने कुरा हो । त्यसैले यो घटनालाई सामान्य घटनाको रुपमा लिनुहुन्न । अराजकताले जसरी नेपाली समाजलाई गाँँज्न खोज्दैछ । कुनै न कुनै माध्यामबाट यसलाई वैद्य वा जायज ठहर्याउने कोशिस गरिरहेका छौं । यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ । यो बारेमा हामी सबै सचेत हुनुपर्छ । अन्त्यमा यही बीचमा हामीले सुन्यौ–कान्ति बाल अस्पतालमा लाईन बसीरहेका एउटा हजुरबुबाले आफ्नी नातिनीको उपचार गराउन नसक्दाखेरी मृत्यु भयो । मैले समाचारमा पढेँ, नियम बनाउनुपर्नेछ । म आफैँ स्वास्थ्यमन्त्री भएको बेला बनाइएको कानून छ । अस्पतालमा अत्यावश्यक सेवा लिनुपर्ने मान्छेले लाईन बस्नै पर्दैन । त्यो नियम छ । अहिले नियम नभएको कारणले भनेर ढाकछोप गर्न खोजिएको छ । पाँच वर्षीय बालिका काठमाडौंको अस्पतालमा उपचार नपाएर मृत्यु भएको घटना पढ्न, सुन्न हामी बाध्य भएका छौं । यो घटनालाई पनि सामसुम नपारियोस् । यसको बारेमा सत्यतथ्य के हो ? छानविन भएर सदनलाई जानकारी गराइयोस । सम्माननीय सभामुखमार्फत म सरकारसँग माग राख्न चाहन्छु ।’
त्यस अवसरमा महामन्त्री थापाले ५ वर्षीया एक बालिकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको उल्लेख गर्दै सो घटनाको छानबिन गरी तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।   


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२१.०५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन