कुवेतले अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी शुरु गरेको छ । कुवेत राष्ट्रिय संग्रहालयले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी शुरु गरेको हो । राष्ट्रिय संस्कृति, कला तथा साहित्य परिषद् (एनसीसीएएल) को संरक्षणमा कुवेल र फिलोटेलिक एण्ड कोइन कलेक्टर्स एशोसिएशनको सहकार्यमा सोमवारदेखि प्रदर्शनी शुरु भएको हो । कुवेत, इजिप्ट, प्यालेस्टाइन, इरान, अफगानिस्तान, साउदी अरेबिया, भरत, युनाइटेड किङडम र अन्य केही देशसहितका विभिन्न कालखण्डका सिक्का र कागजी रुपैयाँ प्रदर्शनी गरिएको छ । देशहरुको सांस्कृतिक र ऐतिहासिक विविधता र तिनीहरुको मौद्रिक प्रणालीलाई हाइलाइट गर्ने उद्देश्यले प्रदर्शनी गरिएको हो ।
सिन्ह्वा