१८ औं अन्तर्राष्ट्रिय फायरफाइटर्स विश्व च्याम्पियनसिप मंगलवार सम्पन्न भएको छ । टर्कीको इस्तानाबुलमा मंगलवार १८ औं अन्तर्राष्ट्रिय फायरफाइटर्स विश्व च्याम्पियनसिप सम्पन्न भएको हो । इन्टरनेशनल स्पोर्ट फेडरेशन अफ फायरफाइटर्स एण्ड रेस्क्युस्द्वारा आयोजित यो कार्यक्रममा ३० देशका फायरफाइटर्सहरुले सहभागिता जनाएका थिए । कार्यक्रमपछि बोल्दै इस्तानाबुलका मेयर एक्रेम इमामोग्लूले युद्ध समाप्त हुने आशले खेलकुदको आयोजना गरिएको बताउनु भयो ।
एक फायरफाइटरले कार्यक्रमको माहोल एकदमै रमाइलो भएको बताउनु भयो । त्यस्तै अर्का फायर फाइटर सेयडा सिरिकले सबै प्रतियोगीहरु मिलनसार पाएको बताउनु भयो । उहाँले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताउनु भयो ।
सिन्ह्वा