नेपालका सांस्कृतिक सम्पदा दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहर हुन्ः राजदुत नविन श्रीवास्तव

author

समाचारपाटी

३ हप्ता अगाडि

भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको पुनःनिर्माण पछि उद्घाटन गरिएको छ । 

सोमवार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय ट्रस्टको प्राविधिक सहयोग तथा नेपाल सरकार र सहकारी विकास मन्त्रालय लगायतका सरकारी निकायहरुको सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदाको रक्षा भनेको  दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहर भएको बताउनु भयो । उहाँले नेपाल र भारतबीचमा संस्कृतिको सम्बन्धलाई थप बिस्तार गर्दै लैजानुपर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘भारत सरकार तपाईहरुको जरुरतअनुसार नेपालको सांस्कृतिक सम्पदाको रक्षा गर्नका लागि तयार छ । नेपालको सांस्कृतिक धरोहर मात्रै होइन, दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहरलाई मिलेर अघि बढाउन सकिन्छ । नेपाल र भारतबीचमा संस्कृतिको जुन सम्बन्ध छ, यो पुनः निर्माण त्यसकै एउटा हाँगो हो ।’

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको कामलाई अझै बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा पुनःनिर्माण भएकामध्ये पिम्बाल पोखरीलाई धेरैले रुचाएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यहाँको सम्पदा, विश्वसम्पदा सूचिमा सूचिकृत भएका स्थानहरुलाई जीवन्तता दिनका लागि र चाहिएको बेलामा यथोचित सहयोग गर्नको लागि भारत सरकार जसरी अग्रसरता देखाउनुभएको छ, त्यसको लागि ललितपुर महानगरको तर्फबाट मुरी मुरी धन्यवाद । जनताको सेवा गर्नको लागि हामी सदा सर्वदा तयार छौँ र गरिरहेका छौँ । अझै हामीले धेरै काम गर्न बाँकी छ । हामीले गरेको थुप्रै सम्पदा संरक्षणको काममा हामीलाई वल्र्ड बैंकको पियुआरपीपी अन्तर्गत पिम्बाल पोखरी निर्माण गरेका छौँ । काठमाडौं भ्याली भित्र देखाउन लायकको प्रोजेक्ट पिम्बाल हो ।’

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत करिव ३.५ करोड रुपैयाँको लागतमा निर्मित ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको नेपालका लागि भारतीय राजदुत श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर महर्जनले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।  


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन