बंगलादेशको ढाकामा चीन सरकारद्वारा निर्माण भएको एलिभेटेड एक्सप्रेसवे आईतवारबाट यातायातका लागि खुल्ला गरिएको छ । यो देशको प्रमुख पूर्वाधार परियोजनामध्ये एक हो । १९.७३ किलोमिटर लामो द्रुतमार्ग दुई चिनियाँ कम्पनी र एक थाई कम्पनीको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
यो बंगलादेशको प्रमुख विमानस्थल हजरत शाहजलाल अन्तर्राष्ट्रिय एयरपोर्टबाट ढाकाको केन्द्रिय कमलापुर स्टेशनसम्म चल्छ । उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले एक्सप्रेसवे बंगलादेशको शहरी यातायात र मानिसका लागि नयाँ कोशेढुंगा भएको बताउनु भयो । यातायात सञ्चालन भएसँगै यसले बंगलादेशको ट्राफिक जामलाई धेरै कम गर्ने बताउनु भयो ।
सिन्ह्वा