एशियाली खेलकुदको समयमा विद्युत आपूर्ति सुनिश्चित गर्नका लागि आपत्कालीन अभ्यास सम्पन्न भएको छ । सम्भावित प्राकृतिक प्रकोपका कारण पावर ट्रन्समिशन लगायत विद्युतमा हुनसक्ने समस्या रोक्न आपत्कालीन अभ्यास गरिएको हो । स्टेट ग्रिड झेजियाङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेडका कर्मचारीहरुले मर्मत सामग्री र कर्मचारीहरुलाई तोकिएको ठाउँमा सामान स्थानान्तरण गर्न हेलिकप्टरको प्रयोग गरेर समेत अभ्यास गरिएको थियो । एशियाली खेलकुद आयोजना हुने पाँच शहरमध्ये हङझाउ पनि एक हो ।