काठमाडौं । काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१ ०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३०२००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताउनुभयो । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भ्यानका चालक बारा घर भई काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीय जितेन्द्र माझीको साथमा कागजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।