पोखरा । पोखराकी गायिका प्रीया गुरुङको मनको भारी सार्वजनिक भएको छ । शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत गीत सार्वजनिक भएको हो । गीतमा ज्योती गुरुङको शब्द रहेकाे छ भने अमित गुरुङकाे संगीत रहेकाे छ । संगीत संयोजन समेत अमित गुरूङकै रहेकाे छ । उक्त गीतको म्युजिक भिडियोमा प्रीयाको अभिनय रहेको छ ।
पोखराको लेकसाइड एरियामा छायाँकन गरिएको म्युजिक भिडियोलाई सन्देश गुरुङले खिचेका हुन् । कमल बहादुर गुरुङको निर्देशन र सिनेमेटोग्राफी रहेको म्युजिक भिडियोबाट प्रीया आशावादी छिन् । म्युजिक भिडियोलाई टेकमान गुरुङले
सम्पादन गरेका हुन् ।
यसअघि गुरुङ गीतमा आवाज दिएकी प्रीया पछिल्लो समय सांगीतिक क्रियाकलापमा सक्रिय छिन् । बिग आइकन र भ्वाइस अफ नेपाल जस्तो रियालिटी शोमा समेत सहभागिता जनाएकी उनी पोखराको ओपन “सी” ब्याण्डमा आबद्ध छिन् ।
संगीतलाई नै मुख्य पेशा बनाएर नै हिँडेकी छिन् । पोखरा लगायतका आसपासका जिल्लामा भएका सांगीतिक कार्यक्रममा प्रस्तुति राख्न पुग्ने गर्छिन् । संगीतमानै लागेर प्रीयाले हबकबको यात्रा गरिसकेकी छिन् । लेकसाइडको अन्नपूर्ण गार्डन रेष्टुरेण्टमा नियमित रुपमा उनको आवाज सुन्न पाइन्छ ।