विद्यमान उद्योग÷व्यवसायसम्बन्धि ऐन छिट्टै संशोधन हुन्छः वागमती प्रदेश उद्योगमन्त्री चित्रकार

author

समाचारपाटी

३ हप्ता अगाडि

वागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले विद्यमान उद्योग र व्यवसायसम्बन्धि ऐनलाई छिट्टै संशोधन गर्ने बताउनुभएको छ । 


मन्त्री चित्रकारले उद्योग र व्यवसायमैत्री कानून निर्माणका लागि विद्यमान सो सम्बन्धि ऐन प्रदेश सरकारले छिट्टै संशोधन हुनेगरी प्रदेश सभामा पेस गर्नका लागि आवश्यक निर्णय गरिसकेको बताउनुभएको हो । शनिवार ललितपुरमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ नेपाल, ललितपुर जिल्ला कार्य समिति अधिवेशनको उद्घाटन गर्दै उहाँले संविधानले उद्योग, व्यवसाय प्रवद्र्धन गर्ने अधिकार प्रदेश सरकारलाई दिएकाको उल्लेख गर्दै प्रदेश सरकारले सोही अनुसारको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताउनु भयो । उहाँले औद्योगिक ग्राम स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यालयका लागि पनि आवश्यक ऐन निर्माणको लागि विधेयक तयार गरी प्रदेश सभामा पेश गर्न लागिएको जानकारी समेत दिनुभयो । मन्त्री चित्रकारले वागमती प्रदेश सरकारले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानका लागि आवश्यक बजेट र नीति तथा कार्यक्रम पनि तय गरेको दाबी गर्नुभयो । उहाँले उद्योग, व्यवसायको प्रवद्र्धनका लागि वागमती प्रदेश सरकारले उद्योगसम्बन्धि छुट्टै मन्त्रालय स्थापन गरेको जिकिर गर्नुभयो । 

मन्त्री चित्रकारले भन्नुभयो, ‘वागमती प्रदेश सरकार खास गरेर आर्थिक समृद्धिका लागि व्यवसायीहरुको काम गरेर उत्पादन बढाउने त्यो अठोटमा हरहमेसा सहकार्य गर्नका लागि तयार छ । व्यवसायीहरुले जुन किसिमको समस्या भोगेर आइराखेको छ । त्यसलाई हल गर्नका लागि हामीले केही योजनाहरु बजेटमार्फत र नीति तथा कार्यक्रममार्फत यो आर्थिक वर्षका लागि लिएर आएका छौं । गएका वर्षहरुमा उद्योेगलाई, वाणिज्यलाई, व्यवसायीहरुलाई सम्भव त त्यतिधेरै प्राथमिकता राखिएको अवस्था थिएन । उद्योग मन्त्रालयलाई पनि कुनै अर्को मन्त्रालयमा लगेर जोडिएको अवस्था थियो । र, यसपाली हामीले यसलाई अलि फरक रुपमा प्राथमिकता दिनुपर्छ भनेर यसलाई महत्वपूर्ण मन्त्रालयको रुपमा रुपान्तरण गरेका छौं ।

उद्योग, वाणिज्यलगायतका विभागहरु यसमा हामीले प्राथमिकताका साथ राखेका छौं । आपूर्ति र व्यवसायीहरुका समस्या पनि यो मन्त्रालयको कार्यभारको रुपमा, जिम्मेवारीको रुपमा राखेका छौं । खास गरेर संविधानले निर्धारण गरेका विषयहरु, प्रदेश सरकारको एकल अधिकारको रुपमा रहेका विषयहरु, त्यो भनेको उद्योग, कलकारखाना स्थापना गर्ने, औद्योगिकीकरण गर्ने, प्रदेश स्तरको सम्पूर्ण व्यवसाय गर्ने । यी सबै अधिकारहरु एकल अधिकारको रुपमा प्रदेश सरकारलाई संविधानले अधिकार प्रद्धत्त गरेको छ । ती कुराहरुलाई हामीले व्यवस्थित गर्ने जमर्को गर्दैैछौं । मैले यो विभागको मन्त्रीको रुपमा भदौको ५ गते पदबहाली गर्दैगर्दा ३ वटा निर्णय लिएका थिए । पहिलो निर्णय, औद्योगिक विकासको अहिलेको जुन विद्यमान ऐन छ । त्यसमा व्यवसायमैंत्री, उद्योगमैंत्री भएन । उद्योग, व्यवसायको त्यो खालको फ्रेन्डी इन्भारोमेन्ट क्रियट गर्ने स्थिति भएन, यसले अलिकति डिस्करेज गर्यो भनेर त्यसलाई संशोधन गर्ने निर्णय लिएको छु । त्यस्तै गरेर व्यवसाय प्रवद्र्धन गर्ने ऐनलाई पनि संशोधन गर्ने र त्यसलाई चालु अधिवेशनमै त्यसलाई विधेयकको रुपमा लिएर जाने निर्णय लिएका छौं । त्यस्तै गरेर हस्तकला ग्राम स्थापना गर्ने । सानासाना व्यवसायीहरुले हाम्रा परम्परासँग जोडेर, हाम्रो संस्कृतिसँग जोडेर, हाम्रो सम्पदासँग जोडेर र हाम्रो पहिचानको रुपमा रहेको त्यो हस्तकला उद्योगलाई एकीकृत रुपमा अहिलेको अवस्थामा हामीले जसरी छरिएको अवस्थामा गरिरहेका छौं, त्यसले उत्पादनमा अलिकमी ल्याएको अवस्था छ । त्यसलाई प्रवद्र्धन गर्न सकिने अवस्था छैन । र, उत्पादन भएको सामग्रीहरुलाई पनि हामीले बजारीकरण गर्न सकिने अवस्था छैन । त्यसैले यी सबै कुराहरुलाई कसरी परिपूर्ण बनाउन सकिन्छ ? भन्ने हिसावले हस्तकला ग्राम निर्माण गर्नपर्छ अव भन्ने यो योजनाका साथ हस्तकला ग्रामको विधेयक पनि यही सालको अधिवेशनबाट पास गर्ने गरेर संसदमा लिएर जाने भनेर त्यो निर्णय गरेका छौं । यस अर्थ अबको हाम्रो प्राथमिकता भनेको उद्योगको प्रवद्र्धन गर्नु हो । व्यवसायीहरुको समस्या अब हल गरेर अघि बढ्नुपर्छ भनेर हो । व्यवसायीहरुलाई व्यवसायप्रति उत्पे्ररित कसरी गर्न सकिन्छ भनेर सरकार लागिपरेको छ ।’

कार्यक्रममा बोल्दै साना तथा मझौला व्यवसायी महासंघ नेपालकी सहअध्यक्ष इनु पोखरेलले उद्योग, व्यवसाय प्रवद्र्धनका लागि तीन वटै तहको सरकारलाई आफूहरुले दबाब दिने काम गरिरहेको बताउनु भयो । उहाँले साना तथा मझौला व्यवसायीहरुलाई बैंकबाट लोन लिनेलगायतका कामलाई सहज बनाउन पनि महासंघले सक्दो पहल गरिरहेको बताउनु भयो । 

सहअध्यक्ष पोखरेलले भन्नुभयो, ‘खासगरी साना तथा मझौला व्यवसायी महासंघमा आवद्ध हुनुहुने सम्पूर्ण उद्यमीहरुलाई एउटा संस्थागत रुपमा अथवा कसैको  व्यक्तिगत रुपमा केही समस्या परेको छ । जस्तो लोनकै समस्या भयो, बैंकसँगका कारोबार भयो । र, नेपाल सरकारसँग पनि कुनैपनि समस्याहरुको लागि, त्यसको समाधान गर्नका लागि हाम्रो टिम भन्नाले केन्द्रिय समिति सदैव तत्पर रहनेछ । सदैव महिला तथा पुरुष उद्यमी साथीहरुसँग हामी हातेमालो गरी कसरी उद्योगलाई प्रवद्र्धन गर्ने भनेर हामी निरन्तर नेपाल सँग लडिरहेका छौं ।’

सहअध्यक्ष पोखरेलले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानका लागि सरकारसँग निरन्तर लडार्इं लडिरहनु परेको गुनासो पनि गर्नुभयो । 


काठमाडौं

बिहिबार, अशोज ४, २०८०

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन