जोहानेसवर्ग । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छ। अन्य ५० जनाभन्दा बढी घाइते भएका छन्। दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ को शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन्।
उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उहाँले खोज तथा उद्धार जारी रहेको बताउनुभएकाे छ। प्रवक्ता मुलाउजीले मृतकको संख्या अझै बढ्न सक्ने बताउनुभयाे। दमकल सेवाका कर्मचारीले आगो निभाइसकेका छन्। घाइतेहरूलाई स्वास्थ्य केन्द्र र अस्पताल पुर्याइएको छ।