बुद्धि, विवेक पुर्याएर काम गर्न नगरप्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाण्डाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ । बिहीवार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्याएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो । उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गर्नुभयो ।

प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताउनु भयो । उहाँले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगरप्रहरीको भुमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गालाई संरक्षण गर्ने क्रममा १५० रोपनी भन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएकोमा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । काठमाडौं महानगरपालिकाका सबै क्षेत्रहरुमा पार्किङको व्यवस्थापन गर्न नगर प्रहरी लागिपरेको थियो । साथसाथै सुशासनको क्रममा अवैधानिक व्यापारहरु, अवैध संरचनाहरु हटाएर देशमा सुशासन ल्याउनलाई एउटा सिम्बोलको रुपमा नगरप्रहरीले काठमाडौंबाट सुरु गरेर देशभरी नै यो कुरा निर्णय गर्न सफल हुनुभएको छ । तपाईहरुले देशलाई नै उदाहरण दिन सक्षम हुनुभएको छ । त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु । एउटा मात्रै व्यक्तिमा बुद्धि–विवेक, इमान्दारिता र हिम्मत तिनवटै गुण भएको खासै पाइदैनँ । यो तिनवटै गुण राखेर काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भुमिका निभाउनुभएकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथसाथै नगर प्रहरी बलले बुद्धि–विवेक पुर्याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पुर्याउनुहोला । संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील पनि भइदिनु होला । हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो पनि भइदिनु होला । इमान्दार त सधैँ हुनु नै पर्नेछ । यसरी नै बितेको वर्षमा तपाईहरुले काम गर्नुभएको छ । त्यसको लागि म लगायत हामी सबै जनप्रतिनिधिहरु धेरै नै खुशी छौँ । यसरी नै खुशी राखिरहनु होला । हाम्रो नगर प्रहरी बलले कुनैपनि नातावाद, कृपावाद र कुनैपनि राजनीतिक दबाब बिना काम गरिरहेको छ । सुशासनको लागि कुनैपनि राजनीतिक दबाब बिना नै काम गर्न सफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नि यसरी नै कुनै राजनीतिक दबाबमा नआइकन काम गरिदिनु भयो भने नेपाल प्रहरी, हाम्रो नगर प्रहरी, सशस्त्र प्रहरी, सिडिओ कार्यालय सबैले हाम्रो शहरमा सुशासन ल्याउन सफल हुन्छौँ । यहाँहरुले पनि यो चिजमा ध्यान दिनुभयो भने हामी सबै मिलेर काम गर्न सक्छौँ । सहकार्यमा काम गर्नसक्छौँ ।’ 

उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआइकन काम गर्न सकेमा शहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रह समेत गर्नुभयो ।  


काठमाडौं

बिहिबार, अशोज ४, २०८०

२१.६१°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन