पहिलोपटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपालकाे तयारी

author

समाचारपाटी

४ हप्ता अगाडि

कठिन समूहमा रहेको नेपालले पहिलोपटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ । आगामी शुक्रवारदेखि भूटानको थिम्पुमा साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदैछ । यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूहमा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेरसमूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन । सन् २०११ देखि शुरु भएको साफ यु–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । यद्यपि, नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । यस पटक नेपालले यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा छ । 

नेपालले आईतवार बंगलादेशबिरुद्ध खेल्दै यस संस्करणको यु–१६ मा सुखद् शुरुवात गर्ने लक्ष्यमा छ । नेपाली किशोर फुटबल टोलीका प्रशिक्षक रविन्द्र सिलकारले छोटो समय भएपनि तयारी राम्रो भएको उल्लेख गर्दै पछिल्ला समय रणनीतिक कामहरू भइरहेको बताए । यसअघि धेरै जसो खेलाडीहरू एन्फा यु–१६ लिग खेलेर आएकाले तयारी अभैm राम्रो भएको प्रशिक्षक सिलाकार विश्वास छ । 

यु–१६ च्याम्पियनसिपको नेपाल दुई पटकको आयोजक राष्ट्र हो । यद्यपि, नेपालले एक पटक पनि उपाधि जित्ने सकेको छैन । सन् २०११ को पहिलो संस्करणमा पाकिस्तानले उपाधि जितेको थियो । त्यसपछि भारतले २०१३ मा आयोजक नेपाललाई घरेलु भूमिमा हराउँदै उपाधि जितेको थियो । यस पटक नेपालले साफ यु–१६ को तयारीका लागि १४ दिनको प्रशिक्षण गरेको छ । अन्य पक्षहरूमा राम्रो तयारी भए पनि फिटनेसमा भने अभैm केही समस्या देखिएको प्रशिक्षक सिलाकार बताउनु हुन्छ ।  

पछिल्लो संस्करण बंगलादेशमा सन् २०१५ मा बंगलादेशमा भएको थियो । उक्त संस्करणमा पनि बंगलादेशले उपाधि जित्दा नेपाल भने सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । अहिलेसम्म नेपालको यु–१६ उमेरसमूहले साफको उपाधि जित्न सकेको छैन । यस पटक इतिहास बनाउने लक्ष्य किशोर टोलीले राखेको छ । प्रशिक्षक सिलाकारले उमेर समूहमा कुनै टोली बलियो र कोही कमजोर नहुने उल्लेख गर्दै मैदानमा जसले उत्कृष्ट दिन सक्यो त्यसले नतिजा दिने बताउनु भयो ।

नेपालको यु–१६ टोलीले साफकै तयारी गरिरहेको नेपालको यु–१९ को टोलीसँग आईतवार  अभ्यास खेल पनि खेलेको थियो । यद्यपि, अपर्याप्त समय र सोही उमेरसमूहका प्रतिद्वन्दीका अभाव नेपालले थप अभ्यास खेल भने खेल्न पाएन । प्रशिक्षक सिलाकारले पनि पर्याप्त अभ्यास खेलको व्यवस्था हुँदा अभैm राम्रो टोली बन्ने बताउनु हुन्छ । 

भुटानमा हुने यो च्याम्पियनसिपका लागि प्रशिक्षक सिलाकारले गत भदौ ४ गते नै अन्तिम टोली घोषणा गरिसकेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २३ खेलाडीले अभ्यास गर्दै आइरहेका छन् । उक्त टोलीका खेलाडी सुवास बमले पछिल्ला समय प्रायले एन्फा यु–१६ लिग खेलेका धेरै मद्दत मिलेको र तयारी पनि राम्रो भएकाले च्याम्पियनसिपको ट्रफी लिएर आउने विश्वास व्यक्त गर्नुभयो । 

मिडफिल्डर सुवासले १४ दिनको समयमा आफूहरूले राम्रो मेहनत गरेको त्यसको नतिजा पनि आउने बताउनु भयो । आफ्नो समूहमा भारत र बंगलादेश बलियो टोली रहेको स्वीकार गर्दै उनीहरूको लागि पनि नेपाल कठिन प्रतिद्वन्द्वी बन्ने लक्ष्य रहेको उनको विश्वास छ । नेपाली यु–१६ किशोर टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार, डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोर कुमार दनवार, सरन एसके, मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् ।  


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२९.३८°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक