स्याङ्जा । स्याङ्जा बिरुवा गाउँपालिकाका २८ वर्षीय चेलीस श्रेष्ठको अरिङ्गालले टोकेर मृत्यु भएको छ। अरिङ्गाल पोल्ने क्रममा धेरै अरिङ्गालले टोकेको कारण उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयाे।
बिरूवा गाउँपालिका-१ किचनासका श्रेष्ठसहित ६ जना मिलेर मंगलबार साँझ घर नजिकैको जंगलमा अरिङ्गाल पोल्न गएका थिए। करिब ६० देखि ७० वटा अरिङ्गाल चिलेपछि घाइते श्रेष्ठको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। श्रेष्ठको हस्पिटलमा नै मृत्यु भएको प्रहरी भनाइ छ। अरिङ्गाल पोल्नका लागि गएका अन्य ५ जना भने सकुशल रहेका बताइएको प्रहरीले जनाएकाे छ।