काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको लक्ष्य दिएको छ ।
मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।
बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको यो १९औँ शतक हो भने इफ्तिकरको पहिलो शतक हो ।