पोखराको ऐतिहासिक छब्बिस कुरिया फोटोकथा प्रदर्शनी

author

समाचारपाटी

४ हप्ता अगाडि

प्रकृति आफैमा सुन्दर छ। यसको सुन्दरतालाई बचाइराख्ने हामी मानवको कर्तब्य हो। प्रकृति र संस्कृति एक अर्काका परिपुरक हुन्। प्राकृतिक हिसाबले पोखरा सहर धेरै सुन्दर छ। यो सहरको सुन्दरता भावी सन्ततीलाई बचाइराख्न पहिला यसको इतिहास बारे जानकार हुनुपर्दछ।

घले गुरुंग जातीको ऐतिहासिक भुमि कास्की राज्यको पोखरा हालको गण्डकी प्रदेश को राजधानी मात्र नभई एक जीवन्त इतिहास बोकेको भुमि पनि हो।

१८ औ शताव्दीको शुरूमा तत्कालीन कास्की राज्यका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर का अन्तिम राजा रणजीत मल्लदेव संग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराएर भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरु ल्याएर बजार सुरुआत गरेको इतिहासविद्हरुले लेखेको पाउँछौं । नेवारहरुमध्ये पनि व्यापारी, शिल्पी, कालीगढहरु बढी थिए जसलाई नेवारी भाषामा नेवास्मी भनिन्छ। । २६ कुरिया अन्तर्गत आउने ठाउँहरु अहिले गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल, तेर्सापट्टि टोलको रुपमा स्थापित छन् ।

सुरुमा लगभग १५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख भएको पाउँछौं । क्रमशः विक्रम संवत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्ल युद्धमा हारेपछि ठूलो जमात नै पोखरा आएको र मानिस बसोबास गनेर्को संख्या ७०० पुगेको थियो । यो क्रम पंचायतकाल सम्म पनि निरन्तर चलिरहेको थियो ।

पोखरा बजार स्थापना भएको २७२ वर्ष भएको छ । पोखरालाई सहरको रुपमा परिणत गर्न थालिएको वर्ष विक्रम संवत् १८०९ हो भन्ने कुरा नेपाल र विदेशका इतिहासविद्हरूले आफ्ना किताबहरुमा उल्लेख गरेको पाइन्छ । सबैभन्दा पहिले यसबारे उल्लेख गर्ने इतिहासकार एफवि हैमिल्टन हुन्, जो विक्रम् संवत् १८५० मा नेपाल आएर नेपालको इतिहास लेखेका थिए ।
वर्षको ३६५ दिनमा ३६६ वटा चाड मनाउँछन् भनेर नेवारलाई भन्ने गरिन्छ । त्यसैले त पुरानो कथन छ, ‘राणा बिग्रियो मोजले नेवार बिग्रियो भोजले’ । नेवारहरू संस्कृतिमा धनी छन् र आफ्नो संस्कृति जगेर्ना गर्न सिपालु हुन्छन । हरेक अवसरलाई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवार हरु आफ्नो मौलिक कला, परम्परा संगै जात्रा, पर्व मनाएर व्यापार बिस्तार गर्दथे । समग्रमा भन्नु पर्दा १८औ शताब्दीको सुरुमा नेवारहरुले पोखरामा प्रवेश गरेपछि नै पोखराको सांस्कृतिक, धार्मिक तथा आर्थिक विकासले गति लियो । तसर्थ आजको पोखरा सहर बन्नुमा छब्बिस कुरिया नेवारहरुको प्रमुख भूमिका छ ।

तर हाल पोखराको आधुनिक रमझम महेन्द्रपूल, चिप्लेढुङ्गा, पृथ्वीचोक, सृजनाचोक हुदै लेकसाइड तीर मोडिए संगै यो पुराना वस्ती मुर्झाएको देखिन्छ। माछापुच्छ्रेको छाँया देखिने फेवातालले शहरकै इतिहास बोकेको नेवार बस्तीलाई छाँयामा पारेको जस्तो भान हुन्छ, तर यथार्थ अर्कै छ। राज्यको उपल्लो तहमा पुगेर पनि आफ्नो क्षेत्र तथा समुदायको बिकासमा ध्यान नपुर्याएको हुदा सम्बन्धि निकाय संगै पोखराका नेवार अगुवाहरु पनि यसमा जिम्मेवार देखिन्छन । पोखराका बिभिन्न क्षेत्रमा छरिएर बसेका नेवारहरुलाई एकत्रित पारी एउटै छाता अन्तर्गत समुदायको बिकासको लागि राज्यलाई दवाब दिनुको साटो व्यक्तिगत अहमताका कारण पछिल्लो समय समुदाय भित् रनै बिभिन्न संघ संगठनहरु गठित गरी बिभाजित छन्।

यिनै बिभिन्न चुनौतीहरुलाई चिर्दै अझैपनि नयाँ अवसर सृजना गर्न सकिने ठाउहरु देख्न सकिन्छ । यहाँ बाकी रहेका नेवास् वास्तुकलाका मन्दिर तथा घरहरू, नेवास् जात्रापात्रा, स्थानीय नेवास् खाजा आदीलाई समेटेर पोखरा सांस्कृतिक पर्यटन क्षेत्र निर्माण गर्न सके कोरोना महामारी र आर्थिक मन्दी संगै गाजिएको पर्यटन लाइ नया लयमा ल्याउन सकिन्छ र पोखरा बजारको इतिहास पनि भविष्यलाई साँच्न सकिन्छ। त्यसको लागि सबैभन्दा पहिला सम्बन्धित सबैले व्यक्तिगत अहमता त्यागी समुदायको समग्र बिकासकालागि पोखराका नेवारहरु एकजुट हुन आवश्यक छ।

पोखरा महानगरपालिकाको जिम्मेवारी

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न तथा भावी पुस्ताको लागि सुरक्षित राख्न महानगरपालिका भित्रका महत्वपूर्ण ऐतिहासिक क्षेत्र एवम बिभिन्न समुदायको मौलिक जात्रा, पर्व हरु सम्रक्षण गरी सहरको महिमा र गरिमालाई आधिकारिक रुपमा लिपिबद्ध गर्ने तर्फ महानगरपालिका ले समयमै ध्यान दिनुपर्दछ ।

पोखराको बिकासमा अन्तराष्ट्रीय बिमानस्थल निर्माण एउटा खुड्किलो हो । पोखरालाइ पर्यटकिय राजधानी घोषणा गर्ने पहल सङ्गै यहाको मौलिकता सम्रक्षण गरी आधुनिक बिकास को रेखा कोर्ने गर्ने बेला भएको छ । यसको शुरुवात पोखराको पहिलो बजार छब्बिस कुरिया बाट गर्न सके महानगरपालिका साच्चिनै योजनाबद्ध तरिकाले अगाडि बढेको आभाष हुनेछ ।

महानगरपालिका भित्रका ऐतिहासिक क्षेत्रको मौलिकता सम्रक्षण गर्दै आधुनिक बिकासको लागि दूरगामी योजना सहित अक्षरस कार्वान्वयन गरी अहिलेकै मेयरको अवधिमा पोखरा बजार स्थापनाको २७५ वर्ष उत्सव मनाउन सके सबै पोखरेली हरु आफ्नो मेयर तथा महानगरपालिका प्रति गौरवान्वित महसुस गनेर्छन् ।

छब्बिस कुरिया संरक्षण समुहको उदेश्य र फोटोकथा प्रदर्शनीको अवधारणा

काठमाण्डौ उपत्यकाको तुलनामा सिमित मात्रामा हुने पर्व र जात्रापनि छब्बीस कुरिया क्षेत्रमा नै केन्द्रीत भएको देखिन्छ। पछिल्लो समय छब्बीस कुरिया क्षेत्र लगायत कास्कीका गाउ र छिमेकी जिल्लाहरुबाट बसाइ सराइ गरेका नेवारहरु पोखराका बिभिन्न ठाउमा छरिएर बसेका छन्। आफू बस्ने समुदायमा अल्पसन्ख्यकको रुपमा बसोबास गरिरहेका नेवारहरु आफ्ना बिभिन्न पर्व र जात्राहरु बिर्सनुपर्ने बाध्यता छ । ती बाध्यताहरुलाइ चिर्न र बिभिन्न क्षेत्रमा बसेका नेवारहरुलाइ एकतृत पारी आफ्नो पर्व र जात्राहरुलाइ ब्यूताउनको लागि पोखरा बजार केन्द्रीत नेवारी सङ्घ सन्स्थाहरुले पहल गर्नुपर्दछ । आफ्नो इतिहास लाइ आत्मसाथ गर्दै जसरी २७२ वर्ष अगाडि काठमाडौं उपत्यका बाट छब्बिस कुरिया क्षेत्रमा एकतृत भइ पोखरा बजार बसाल्न मूख्य भूमिका खेलेका थिए त्यसरी नै समय अनुसार बजारलाइ बिकेन्द्रीकृत गरी आफ्नो जात्रा, पर्वलाइ अन्य क्षेत्रमा पनि जिवन्त राख्नु पर्दछ । उदाहरण को लागि पोखरा महानगरपालिकाको पूर्व मा लेखनाथ, पश्चिममा हेम्जा, उत्तरमा लामाचौर र दक्षिण मा बिरौटा हुनसक्दछ ।

त्यसको लागि सर्वप्रथम बिभिन्न नेवारी सङ्घ सन्स्था एकजुट हुनुपर्दछ र पोखरामा आफ्नो इतिहास बोकेको छब्बिस कुरियाको मौलिकतालाइ जगेर्ना गरि आधुनिक पोखराको बिकासमा बिभिन्न सरकारी निकाय तथा अन्य समुदायहरु सङ्ग पनि हातेमालो गर्नुपर्दछ ।

पोखरामा पनि बिस्का जात्रा मनाउछ भन्ने धेरै लाइ थाहा नहुन सक्छ । बिक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने नयाँ वर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्काः जात्रा पोखराको गणेशटोलमा रहेको गणेश गुठीले नया वर्षको पुर्व सन्ध्या देखि मनाउने गर्छ । नया वर्षको दिनदेखि गणेशको मुर्तिलाइ रथमा बोकेर छब्बिस कुरिया क्षेत्र परिक्रमा गरिन्छ । सायद एउटा गुठीले मात्र मनाउने भएर होला बिभिन्न ठाउमा परिक्रमा गरिएतापनि जनसहभागिता न्यून भएको कारणले रौनकता कम हुन्छ । जात्रामा जनसहभागिता बढाउन र रौनकता बढाउन छब्बिस कुरिया सम्रक्षण समुहले आफ्नो गठन साल २०७८ मै गुठीसङ्ग सहकार्य गरेको थियो ।

छब्बिस कुरियाको गर्विलो इतिहास जनमानस सामु प्रस्तुत गरी यसको मौलिकतालाइ भावी पुस्तासम्म कायम राख्न हेतु सम्बन्धित सबैलाइ उत्प्रेरित गर्न पोखरामा पहिलोपल्ट नेपाल बेस्ट मेनेजमेन्टको ब्यबस्थापनमा भदौ १६ गते शनिवार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म रानीपौवा अवस्थित श्री भगवती दल गण प्राङगणमा एकदिने छब्बिस कुरिया फोटोकथा प्रदर्शनी गर्न लागेका छ।


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२०.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन