राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति राष्ट्रिय सभा अध्यक्षको असन्तुष्टि

author

समाचारपाटी

४ हप्ता अगाडि

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्तुष्टी जनाउनुभएको छ । 

काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तीका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाउनुभएको हो । उहाँले राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेको टिप्पणी गर्नुभयो । उहाँले योजनावद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै  त्यसतर्फ आयोगको ध्यान जान नसकेको दाबी गर्नुभयो । उहाँले खाद्य सम्प्रभुता, कृषि उत्पादनमा आत्मनिर्भर तथा जलवायु परिवर्तनको असरबाट बच्चका लागि क्षेत्रगत आवश्यकता तथा सम्भाव्यताका आधारमा स्पष्ट योजनासहित बजेटको तादम्यता मिल्नुपर्ने बताउनु भयो । उहाँले योजना आयोगले मुलुकको आवश्यकता अनुसार सरकारलाई एकिकृत योजनाहरु सुझाउन नसकेको आरोप लगाउनु भयो । उहाँले संसदीय समितिसंग आयोगको समन्वयप्रति पनि असन्तुष्ठी जनाउनु भयो । 
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभामा हामीले दिगो विकास तथा सुशासन समिति बनायौँ । समितिलाई फ्यासिलेट गर्र्न र बजेटीङ गर्नको लागि योजना आयोगको कत्तिको ध्यान गएको छ ? विश्वमै हेर्ने हो भने संसद्मा दिगो विकास तथा सुशासन समिति कति देशमा बनेको छ ? योजना आयोगले देओस् त । मलाई लाग्छ कहीँ पनि त्यस्तो छैन । दिगो विकास नै भनेर विश्वका कुनैपनि देशमा समिति बनेको छैन । यति महत्वपूर्र्ण समितिताई नेपाल सरकारले, योजना आयोगले के गर्या छ ? अनि सबै कुरा पूरा गर्दैछौं भनेर हुन्छ । कुन चाहीँ विकासका लक्ष्य पूरा गर्न पैसा चाहीँ अवण्डामा राखिएको छ । त्यो कुन चाहीँ विकासको लक्ष्यका लागि राखिएको हो ? केहि कुराहरुमा हाम्रा आफ्नै त्रुटीहरु छन् । योजना आयोगकै आधारमा हाम्रा पञ्च वर्षीय योजनाहरु बन्दै आएका छन् । योजना आयोग प्रदेशमा पनि बनेको छ । योजना त भन्यौँ तर, साँच्चीकै प्लानिङ गरेर योजनावद्ध ढंगले कहाँ बस्ती बसाउने ? कुन खेतीयोग्य जमिन हो ? कुन व्यापारिक क्षेत्र हो ? कुन औद्योगिक क्षेत्र हो ? कहाँ शैक्षिक संस्था राख्ने ? प्लानिङ भनेको त्यो पनि होला नी । खाली प्रत्येक वर्ष पैसा बाँड्ने मात्रै प्लानिङ हो ? अहिले हामीले एउटा चिज गर्न लगायौँ, जग्गाको खण्डीकरण रोक्ने भनेर स्थानीय पालीकालार्ई वर्गीकरण गर्र्न भन्यौँ । यस्तो अफ्ठ्यारो चिज लगेर स्थानीय पालिकालाई दियौं । अहिले त सरकारले त्यसलाई पनि दर्ता गर्ने खुला गर्दिसक्यो कित्ताकाटका लागि । हाम्रो देशमा त के छ भने कृषीयोग्य जमिन कसले राख्न चाहन्छ ? आवास, घडेरी बनाएर बेच्नको लागि भयो भने हातहातमा पैसामा जान्छ । कृषियोग्य भन्यो भने पैंसानै आउँदैन । आफ्नो जग्गा कृषीयोग्य राख भन्यो भने कुनैपनि किसान आउन तयार छैन । अनि त्यो कुरा तल (स्थानिय तह) दिएपछि त मेरो जग्गा कसरी किच्यो भन्नुहुन्छ ? बस्तीका लागि हो । सबै आउँछन् । कृषीयोग्य जमिन छुट्याउन स्थानीय पालीकाले काम नै शुरु गरेका छैनन् । खाद्य सम्प्रभुताको यत्रो धेरै कुरा गर्नुभयो तर, कृषीयोग्य जमिन छुट्याउनुपर्ने, खण्डीकरण रोक्नुपर्र्ने, कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्नुपर्ने पहिलो बुँदाहरु चाहियो । अनि बल्ल खाद्य सम्प्रभुता हुन्छ र बढ्छ । कृषीयोग्य जमिनजति सबै बस्ती बनाईदिने राम्रो गराहरु, सम्म ठाउँहरु देख्यो भने घरहरु बनाउने । अनि भीर पाखामा खेती गरेर कृषी उत्पादन बढ्छ । अनि त्यहाँबाट खाद्य सम्प्रभुता बचाउन सक्छाैँ । त्यसकारण पोलेसी भन्ने कुरा त्यहाँ बनाउनुपर्यो । यस्ता जग्गाहरु बचाउने, खोलामा घर बनाउन दिने अनि बाढीले घर लग्यो भनेर भन्ने । खोलो जति मिचेपछि त्यसले बाटो खोज्दैन । सरकारले, योजना आयोगले योजनावद्ध विकास गर्न त भन्नुपपर्यो नी । आवास क्षेत्र तोक्नुपर्यो । अनि मात्र जमिन बचाउन सक्छौं । पहाडका बस्तीहरुको प्लानिङ गर्न जरुरी छ । एउटा घर यहाँ छ अर्को घर २० मिनेट हिँडेपछि अर्को डाँडामा छ । एउटा घर भएको ठाउँमा पनि मोटरबाटो चाहियो, खन्द्या छ । ३० हजारको पनि रातो कितावमा पैसा आएकै छ । २०÷३० लाख रुपैयाँका पनि पैंसा आएकै छन् । पावर हुनेले टिपाईदिन्छ, आयो बजेट हाल्यो गयो । कुन योजना हो त्यो ? कुन नीति हो त्यो ? अनि त्यो पैसाले एक घरका लागि पनि डोजर लगायो । डोजर त जतापनि चल्दिन्छ । इन्जिनियर त डोजर चलाउने चालक हुनुहुन्छ । अनि हिउँदमा बाटो यसो राम्रो भयो भने गाडी पनि गइदिहाल्छ । पानी आएर बगाएर लैजान्छ, अनि डिजास्ट शुरु भयो । त्यो बारेमा के छ योजना ?’ 

उहाँले वाह्य देशबाट प्राप्त हुने सहयोग सहयोग पनि सरकारले लिन नसकेको टिप्पपणी गर्नुभयो  । वैदेशिक सहयोगलाई पक्षपाती ढंगले हेर्ने र मन्त्रालयमा फाईल अड्काउने शैलीले मुलुकको समुन्नत विकास हुन नसक्ने तर्क गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु पूरा गर्न इमान्दारीपूर्वक योजना बनाउनुपर्ने पनि जोड दिनुभयो । उहाँले आफूसँग वैदेशिक सहयोगका लागि विभिन्न देशका लगानीकर्ता आएर कुराकानी गरेपनि सरकारको कार्यशैलीका कारण खुला ढंगले स्वीकार गर्ने वातावरण नबनेको गुनासो गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘हामीलार्ई कति धेरै बाहिरबाट सहयोग चाहिन्छ । एफडिआई कति आइरहेको छ, अझ कति धेरै चाहिने हो ? रेमिट्यान्सको भरमा हामी चल्नुपरेको छ । यी धेरै कुरा आएका छन् । तर, नेपाल आज फ्री ह्याण्ड हाम्रा मित्र राष्ट्रदाताहरुले दिएको सहयोग कुनै अनुचित खालका शर्तबन्दी बाहेकपनि लिनको लागि नेपाल सरकार, नेपाली जनता खुला छन् । दिन्छौँ भनेका कुराहरु लिन सकेका छाैँ ? की कसैले कसैको इसारा गरेपछि खुम्चिएर बस्नुपरेको छ । दिन्छौँ भन्दापनि लिन नसकेकापनि पनि त उधाहरण यहाँ छन् । अनि कसरी हुनसक्छ ? कुनै सैन्य गठबन्धनको कुरा, अहित हुने गरी सम्झौताबाट लिने कुरा होइन । तर, राष्ट्रहीतको लागि कुनै खालका अनुचित सम्झौता नगरिकन लिने कुरामा पनि आज हामी किन खुला छैनाँै । अनि कसरी बाहिरबाट सहयोग आउँछ । एफडीआई आउनका लागि हामी कति फ्रेण्ड्ली छौँ ? म आफैँ राष्ट्रिय सभाको अध्यक्षसँग एफडीआर्ईको लागि विभिन्न देशका लगानीकर्ता आएर कुराकानी गर्नुहुन्छ । तर, खुला हिसावले स्वीकार गर्ने वातावरण बनाउँदैनौ । अनि आएन मात्रै भनेर हुन्छ । आएको लिन हामीले कति चाह्यौँ । कति सहजीकरण ग¥यौँ । देशको भविष्यका लागि यी सबै कुरामा वास्तवमै अत्यन्तै समिक्षा गर्न जरुरी छ । यी हाम्रा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु पूरा गर्नका लागि इमान्दारीपूर्वक लागेर योजना बनाऔँ । योजना अनुसारको बजेट छुट्याऔँ र, कार्यान्वयन कस्तो भयो त्यसलाई हेरौँ । राष्ट्रिय, अन्तर्राष्ट्रिय दाताहरु, मित्र राष्ट्रले दिएको सहयोग स्विकाराै । देश हीतको लागि सबै लिने आँट गराैँ । आएका फाइल जति मन्त्रालयबाट अगाडी बढाऔँ । अर्बौंका फार्ईल पनि अगाडी नबढाउने, निदार खुम्च्याउने, कहीँ केही लाखका फाईल अगाडी बढाउने प्रवृत्ति आज छ त्यो अन्त्य गरौँ । तब मात्र हामीले बाहिरबाट सहयोग र एफडिआर्ई लिनसक्छौँ ।’ 

उहाँले सम्मुन्नत विकासका लागि सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित बजेट बनाउनुपर्नेमा जोड दिनुभयो । 


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२५.५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन