प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छः महासचिव प्रकाश गजुरेल

author

समाचारपाटी

४ हप्ता अगाडि

नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताउनुभएको छ । 

महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताउनुभएको हो । उहाँले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले आम नेपाली उपभोक्ताले राष्ट्रिय हीतको लागि भएपनि सोच्नुपर्ने बेला आएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विश्व वजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरु आयात गर्ने देशले प्याज लगायातका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको बताउनु भयो । उहाँले सरकारले पनि प्याज तथा गोलभेडा जस्ता तरकारीजन्य कृषि उपजका वस्तुहरु आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले विश्व बजारबाट आयात हुने वस्तु प्रतिवन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताउनु भयो । उहाँले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरुको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो,‘ हामी कहाँ नभएको चिजहरु, जसरी अहिले विश्व आर्थिक आक्रान्त अवस्थामा छ । यो अवस्थामा बढिरहेको अत्यधिक मूल्य वृद्धिलाई सन्तुलनमै मिलाउनका लागि भएपनि दैनिक नभई नहुने दाल भात, तरकारी बाहेकका कुरालाई सकेसम्म कटौति गरेर यो राष्ट्रिय हीतका लागि पनि सम्भावना बोकेको हुनाले गर्न सकिने कुरा रह्यो । आह्वान गर्न सकिन्छ । कत्तिको सहज रुपमा लिनुहुन्छ, उपभोक्तामा भर पर्ने कुरा हो । विश्व बजारमा अभाव भइरहेको बेला, चरम आर्थिक मन्दी भइरहेको बेलामा धेरै जसो ९० प्रतिशत इम्पोर्ट गर्ने वस्तुलाई खपत कम गरौं, उपभोग कम गरौं भन्न सकिन्छ । प्याज खपतलाई कम गर्न आम उपभोक्ताले पनि संयमता अपनाएर अलिकति कम खपत गरिदिनुभयो भने  देशको लागि र आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ । विश्व अर्थतन्त्रमा परेको असरले भनेर आयातलाई रोकिसकेपछि त हामी कहाँ उत्पादन गर्ने प्रविधि के त भनेर राज्यले ल्याउनुपर्ने हो । अहिलेसम्म राज्यले पोलिसीहरु ल्याएको त देखिँदैन ।’

उहाँले विश्व बजारमा नै प्याजको मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको बताउनु भयो । उहाँले प्याज आयातमा असहजता रहेकाले पनि प्याजको मूल्य वृद्धि उच्च रुपमा भएको बताउनु भयो। उहाँले कालोबजारी बढ्ने खतरा भएपनि अहिले व्यवसायीहरुले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो,‘ विश्व वजारमा नै प्याजको मूल्य बढेको छ । यसको खपतलाई अलिकति न्युन गरेर खपत घटाउने विषयमा छलफल गर्नुपर्छ । भारतको उत्पादन क्षेत्रबाटै बढेकोले अरु घटाउने उपाय त छैन । प्याजको मूल्य अस्वभाविक रुपमा बढ्यो भन्नुको अर्थ के हो भने भारतले पनि जुन समयसम्म सामान्य रुपमा निर्यात गथ्र्यो । एक्स्पोर्ट गर्ने उसलाई बन्द गर्न ४० प्रतिशत थप ड्युटि चार्ज लगाएको छ । त्यसले गर्दाखेरी सहज रुपमा आउन सकेको अवस्था छैन । त्यसकारणले नै हो जस्तो लाग्छ । त्यसले आपूर्तिलाई अलिकति असहज गरेको छ । त्यस्तो भएपछि बजार असहज भएको हो । कालोबजारीको कुरा त हामीले भन्नसक्ने अवस्था रहेन । केही व्यवसायीहरुले अतुलनीय रुपमा सोचेको भन्दा बढी खाएका होलान् । घरमा लुकाएर, गोदाममा माल छैन भनेको देखिँदैन । अर्थमन्त्री कहाँ हामी डेलीगेसन जाँदाखेरी,रोष्टमबाट बोलेको कुरा सुन्दाखेरी आन्तरीक उत्पादनलाई जोड दिन जुन हामी आयात गर्छौं । त्यसमा थप १३ प्रतिशत भ्याट लाग्नेछ भनेर भ्याट लगाइएको थियो । अस्वभाविक मूल्यहरु बढ्दाखेरी अथवा यतिसम्मको मूल्य भयो भने मात्रै आयात गर्न पाउने भन्ने एउटा बनाउने की । त्यो त अब राज्यले लिने नीतिमा भर पर्ने कुरा हो । व्यवसायीले त आफ्नो व्यवसायिक हिसावले सोचिरहेको हुन्छ ।’

उहाँले बजारमा कृषिजन्य वस्तुहरुको मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले उहाँले व्यवसायिक सहजताको लागि राज्यको नीतिगत व्यवस्था राम्रो हुन आवश्यक रहेको बताउनु भयो । 


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२५.५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन