‘गाई हत्याको विषयलाई लिएर समाजलाई द्वन्द्वमा फसाउने षड्यन्त्र भएको छ’:- केपी शर्मा ओली

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनुनहुने बताउनुभएको छ । 

बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनु नहुने बताउनुभएको हो । उहाँले यस घटनालाई लिएर नेपाली समाजलाई भड्काउने र द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनु भयो । उहाँले यस प्रकारको क्रियाकलाप कसैले गर्नु नहुने बताउनु भयो । उहाँले भन्नुभयो – ‘यसलाई धेरै सेन्सेटिभ बनाउनु हुँदैन । यो राम्रो कुरा होइन । यो अनेक ढंगले नेपाली समाजलाई भाड्ने, भड्काउने, द्वन्द्वमा फसाउने षड्यन्त्र भइराखेको छ । यस्ता कुराहरुबाट नेपाली समाज सजग हुनुपर्दछ । यस्ता नचाहिदा खालका क्रियाकलाप कसैले पनि गर्नुहुँदैन ।’त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सांसद विकास कोषको सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेश न्यायसंगत नभएको बताउनु भयो । उहाँले सो आदेशमा सर्वोच्च अदालतले शक्ति पृथकिकरणको सिद्धान्तलाई ख्याल पुर्याउन नसकेको बताउनुभएको हो । यस्तो आदेशले न्यायपालिकाको काम, प्रक्रिया र गतिविधिमाथि नै प्रश्न उठ्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘कानून निर्माण गर्ने अधिकार संसदको हो । संसदले निर्माण गरेको कानून बमोजिम काम भयो कि भएन भनेर त्यसको बारेमा कानूनी प्रश्न काहीँ निर्माण भयो भने त्यसको ध्यान दिने अदालतको काम हो । कानून निर्माण पक्रियामै, कानून निर्माण गर्ने थलोले बनाएको कानूनमै तिमीले यसो गर, उसो गर भनेर क्षेत्राधिकारभन्दा बाहिर गएर संसदको विशेषाधिकारमाथि हनन गर्ने काम सर्वोच्च अदालतले गर्नु हुँदैन । हिजोको आदेश न्यायसंगत छैन । यसको अंग पुगेको छैन । सर्वोच्च अदालतले यो कुरा ख्याल गर्नुपर्छ । त्यसकारणले गर्दा शक्ति पृथकिकरणको सिद्धान्तलाई सर्वोच्च अदालतको हिजोको आदेशले ख्याल पुर्याउन सकेन । यसले न्यायपालिकाको काम, प्रक्रिया र गतिविधिमाथि नै प्रश्न सिर्जना हुनसक्छ । त्यसकारण सर्वोच्च अदालतलाई मेरो आग्रह संविधानले दिएको सीमाभन्दा बाहिर गएर संसदको क्षेत्राधिकारमा प्रवेश गर्ने राम्रो होइन । यो शुभसंकेत होइन ।’नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांद विकास कोषको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश शक्ति पृथकिकरणको सिद्धान्त विपरित भएको बताउनु भयो । उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आ–आफ्ना सिमाभित्र बसेर काम गर्नुपर्ने बताउनु भयो । सीमा रेखा उल्लंघन गरेर अर्काको सिमाभित्र प्रवेश गरे शक्ति सन्तुलन बिग्रने र लोकतन्त्रलाई कमजोर पार्ने बताउनु भयो । यस्ता गतिविधिले संसदीय व्यवस्थालाई नै कमजोर पार्ने उहाँको भनाई छ । 

उहाँले भन्नुभयो – ‘सर्वोच्च अदालतले जुन आदेश गरेको छ, यो आधारभुत रुपले लोकतन्त्रको शक्ति पृथकिकरणको सिद्धान्तका विपरित छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आ–आफ्ना सीमाभित्र बसेर काम गर्नुपर्छ । ति सिमा रेखाको उल्लंघन गरेर अर्काको सिमाभित्र प्रवेश गर्ने भनेको त्यसले शक्ति सन्तुलनलाई बिर्गाछ । पृथकिकरणको सिद्धान्तलाई उल्लंघन गर्छ । र त्यसले प्रकारान्तरले लोकतन्त्र कमजोर हुन्छ । सिद्धान्ततः यो बिल्कुल मिल्दैन । यसले प्रकारान्तरले संसदीय व्यवस्थालाई कमजोर गर्छ । त्यो आदेश कुरै नबुझिकन गरिएको आदेश हो । सांसदले हो र त्यो कार्यान्वयन गर्ने ? कार्यान्वयन गर्ने त कार्यपालिकाले हो नि । सांसदले त विकासको यो काम गरिदिनुस् भनेर अनुरोध गर्ने हो । त्यहाँ सांसदले नै त्यसको कार्यान्वयन गर्छ भनेर लेखिएको छ । त्यो बेठिक कुरा हो ।’नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गाई हत्याको विषयलाई लिएर आपसमा आरोप पत्यारोप गर्नु नहुने बताउनु भयो । उहाँले सबैलाई जिम्मेवार र संयमित हुन आग्रह गर्नुभयो । उहाँले यस प्रकारको घट्ना घट्न नदिन राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘हामी सबै नेपालीहरु संयमित हुनु जरुरी छ । एक पक्षले अर्को पक्षलाई आरोप, प्रत्यारोप गर्ने भन्दापनि संयमित हुने र सबै जिम्मेवार बन्ने र यस्ता प्रकृतिका घटना घट्न नदिनका लागि सबै नागरिकहरु जिम्मेवार हुनुपर्छ र र मुलतः राज्यले यस दिशातिर ध्यान केन्द्रित गर्नुपर्छ ।’उहाँले संसदका काम, बारबाहीमा मन्त्रीहरुले लापरबाही गर्न नमिल्ने भन्दै संसद बैठकमा मन्त्रीहरु उपस्थित भएर सरकारको प्रतिनिधित्व गर्नुपर्ने बताउनु भयो । 


काठमाडौं

मङ्लबार, अशोज ९, २०८०

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक