प्रतिनिधि सभा सदस्य दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सिटिइभिटी अन्र्तगतबाट सञ्चालित क्याम्पस सञ्चालकहरु आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो – ‘शिक्षा क्षेत्र आज आन्दोलित छ । आज माईतीघर मण्डलामा १३ औँ दिन भयो चिकित्सा शिक्षा र प्राविधिक शिक्षा सिटिइभिटी अन्तर्गतबाट सञ्चालित क्याम्पसका सञ्चालकहरु त्यहाँ आन्दोलित छन् । सरकार बेखबर जस्तै बनेको छ । म आग्रह गर्न चाहान्छु, तुरुन्तै यो विषयमा छलफल चलाइ यसलाई टुंगोमा पुर्याउनका लागि चिकित्सा शिक्षा र सिटिइभिटीमा देखिएका समस्या समाधान गर्नुपर्छ ।’