रामेछाप । आफ्नै घरको आँगनमा लडेर लिखु तामाकोशी गाउँपालिका–४ मा एक महिलाको मृत्यु भएको छ ।
गएराति आँगनमा चिप्लिएकी ४५ वर्षीया सरिता तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
लडेर उहाँको टाउकोमा चोट लागेको ज्यान जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बताउनु भयो।