‘विद्युत वितरण र निर्यातको लागि पूर्वाधार निर्माणमा सरकारले महत्व दिएर काम गरेको छ’:- ऊर्जामन्त्री

author

समाचारपाटी

१ महिना अगाडि

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहेको बताउनुभएको छ ।

मंगलवार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रुपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार गरी विद्युत निर्यातको लागि समेत आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गरिहेको बताउनु भयो । उहाँले नेपालमा खपत भएर अतिरिक्त भएको विद्युत निर्यातका लागि अन्तरदेशीय प्रशारण लाइन निर्माणलाई पनि प्राथमिकता दिएर काम भइरहेको बताउनु भयो । उहाँले विद्युत विकासमा भएको सुधारसँगै आएका नयाँ चुनौतिहरुलाई अवसरको रुपमा सरकारले ग्रहण गरिरहेको बताउनु भयो। उहाँले यो जिम्मेवारीलाई पूरा गर्ने गरी देश व्यापी रुपमा ट्रान्समिसन लाइनको बिस्तार र प्रसारण तथा वितरण प्रणाली सुधार गरी गुणात्मक बनाउनको लागि मिटर रिडिङ प्रणाली कार्यान्वयन गर्न लागेको बताउनु भयो। उहाँले ४०० केभिका अन्तरदेशीय प्रशारण लाइन निर्माण कार्य शुरु गरेका पनि बताउनु भयो। उहाँले मुलुकमा विद्युत उत्पादन  र खपत वृद्धिकोे भार बहन गर्नसक्ने गरी प्रसारणलाइनहरुको विकास बिस्तार गरी रहेको बताउनु भयो। उहाँले सरकारले आन्तरिक वितरण प्रणालीलाई व्यवस्थित गर्ने गुणस्तरिय बनाउने र विद्युत व्यापारमा जोड दिएर एकीकृत योजना बनाई रहेको बताउनु भयो। उहाँले सरकारले सेवा प्रवाहको लागि मात्रै नभएर सबैको लागि ऊर्जा,विकासको लागि ऊर्जा,समृद्धिको लागि ऊर्जा र स्वच्छ वातावरणको लागि ऊर्जाको लागि योजना बनाएर काम गरिरहेको उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो,‘ जलविद्युत बिस्तारको क्षेत्रमा सरकारले ट्रान्समिसनलाइन,प्रशारण तथा वितरण प्रणाली सुधार गरी गुणस्तर बनाउनु पर्ने छ । यी विद्युती विकासमा भएको सुधारसँगै आएका नयाँ चुनौतिका रुपमा सरकारले ग्रहण गरिरहेको छ । यो जिम्मेवारीलाई पूरा गर्नेगरी देशव्यापी रुपमा ट्रान्समिसन लाइनको बिस्तार र प्रशारण तथा वितरण प्रणाली सुधार गरी गुणात्मक बनाउनको लागि मिटर रिडिङ प्रणाली कार्यान्वयन तर्फ गएका छौं । ४०० केभिका अन्तरदेशीय प्रशारण लाइन निर्माण कार्य शुरु गरेका छौं । मुलुकमा विद्युत उत्पादन वृद्धि जसरी भइरहेको छ । उत्पादित विद्युतको भार बहन गर्नसक्ने गरी प्रशारणलाइनहरुको विकास बिस्तार गर्ने र आन्तरिक विद्युत खपतको क्षमता वृद्धि भएको क्षमताको भार बहन गर्नसक्ने गरी आन्तरिक वितरण प्रणालीलाई व्यवस्थित गर्ने गुणस्तरिय बनाउने र विद्युत व्यापारमा जोड दिएर एकीकृत योजना बनाएर सरकार अघि बढेको छ । सका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाइएका छौं । सरकारले सेवा प्रवाहको लागि मात्रै नभएर सबैको लागि ऊर्जा,विकासको लागि ऊर्जा,समृद्धिको लागि ऊर्जा र स्वच्छ वातावरणको लागि ऊर्जाको लागि सरकारले योजना बनाएर काम गरिरहेको छ ।’

मंगलवार नयाँ भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन भएको छ ।  प्रधानमन्त्री दाहालले आज सबस्टेसज र प्रशारण लाइनको संयुक्त रुपमा उदघाटन गर्नुभएको हो । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन निर्माण गरिएको हो । सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कुल लागत एक अर्ब ५२ करोड छ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइनको लम्बाइ करिव १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कुल लागतमा निर्माण सम्पन्न भएको यो प्रशारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत प्रवाह गर्नसक्ने क्षमता छ ।


काठमाडौं

बुधबार, अशोज १०, २०८०

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन