काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुबा हर्कबहादुर किराँतीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ।
किराँतीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री दाहाल ललितपुरस्थित मन्त्री किराँतीको निवास पुग्नुभएकाे थियाे। उहाँको पार्थिव शरीरमा प्रधानमन्त्रीसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत मन्त्री तथा उच्चपदस्थ व्यक्तिहरूले श्रद्धाञ्जली दिनुभएकाे छ।
किराँतीको शव अहिले मन्त्री क्वार्टर पुल्चोकमा श्रदाञ्जलीका लागि राखिएको छ । ७६ वर्षको उमेरमा राईको बुधबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । किराँती लामो समयदेखि पक्षघातबाट पीडित थिए ।
अन्तिम संस्कारका लागि किरातीको शव भोजपुर लैजाने तयारी गरिएको छ। त्यसका लागि हेलिकोप्टर स्ट्यान्डबाइ राखिएको छ । तर,भारी वर्षाका कारण किराँतीको गृहजिल्ला भोजपुरको ओखरे गाउँ लैजान नसके काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ । तर कहाँ अन्त्येष्टि गरिने भन्नेबारे यकिन भएको छैन। किराँती भूतपूर्व गोरखा आर्मी हुनुहुन्छ ।