काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ। लामो समयदेखि पक्षाघातले थलिनुभएका उहाँका बुबा हर्कबहादुर राईको आज उपचारका क्रममा निधन भएको हो।
बुबाको निधनपछि मन्त्री किराँतीले आफू टुहुरो भएको तर कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताउनुभएकाे छ। ‘भखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुबा आमा त रहनु भएन रह्यो त केवल खिचि छोडेको तस्बिर आँखामा। पितृत्व र मातृत्व छातिभित्र।’उनले तस्बिर राख्दै लेख्नुभएकाे छ, ‘आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुबा हुन बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु। निशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जलि !’यस अगाडि किराती मन्त्री हुने बेलामा बुबासँग 'म मन्त्री हुने भएनी, आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए' भन्दा उहाँका बुबाले भन्नुभएकाे थियाे, ‘हाम्रो वंशमा वडा अध्यक्षसम्म कोहि भएनौं राम्रो गर्नु। म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनि दिउँला। ’