एनओसी नलिकन भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

author

समाचारपाटी

१ महिना अगाडि

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताउनु भयो । उहाँले त्यसका लागि संवद्ध निकायले सूचना जारी गर्नुपर्ने बताउनु भयो । अहिले नेपाली विद्यार्थीहरु नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् । मंगलवार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै काप्रीले भारतीय सीमामा नर्सिङ कलेज खुलेको बारेमा कसले अनुसन्धान गरेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नियमनकारी निकायको प्रभवकारीता नदेखिँदा अभिभावक र विद्यार्थीहरु अन्योलमा परेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संस्था खोलेर मात्रै विद्यार्थी अट्दैन । अहिले विद्यार्थीको हेड काउण्ट गर्नुहोला । अहिले विद्यार्थीहरु सीमापारी धेरै गएका छन् । खुला सीमाना छ, अनेक कारणले कहाँ गर्यो, कसरी गर्यो ? त्यो अर्को पाटो हो । हामीले १२ कक्षा भन्दा अगाडीको लाई त एनओसी दिँदैनौ भनेका छौं । एनओसी नलिइकन बोर्डर पारी विद्यार्थी पढ्न गयो ? हामीले सूचना जारी गर्न पर्दैन ? हामीले कस्तो धारणा बनाइरहेका छौँ भने देश भन्दा बाहिर पढ्न जानको लागि त एनओसी बनाएर वा लिएर जानुपर्छ नि । कति विद्यार्थी गयो ? हामीले ट्रयाकीङ गर्या छौं ? कुनकुन बोर्डरबाट कति विद्यार्थी गए ? कुनकुन मुलुकमा पढ्न गए ? एनओसी लिएको विदेशी मुद्राको सटही यहाँ देखिन्छ, खुला सीमानामा गएको देखिँदैन । कहिले काहीँ ओहोरदोहोर हुनसक्छ । पहिले आउँथे अहिले गए भन्दा । क्वालिटी पनि मेजर फ्याक्टर भयो । भारतीय सीमामा नर्सिङ कलेज खुले भनेर कसले सर्भे गरेको छ ? विदेशी विश्वविद्यालयले नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई मलाई अनुगमन गर्न पठाइदिए भनेको कुरा बाहिर आयो । राज्यको कानून छ नि । विदेशी मामिला छ भने नेपाल सरकार, नेपाल सरकारबाट परराष्ट्र मन्त्रालय हुँदै गएर कतिपय विषय बाहिर पठाउने अवस्था छ । नर्सिङ पढ्न नेपाली विद्यार्थी बाहिर गएको छन् भने शिक्षा मन्त्रालयको वैदेशीक अनुमति पत्र(एनओसी) नलिइकन कोही पनि विद्यार्थी बाहिर गयो भने त्यसलाई हामीले भोलि मान्यता दिनेछैनौं भनेर संस्थाहरुले सूचना निकाल्नु पर्दैन ? जसले पढाउँछ जसले नियमन गर्ने संस्था हो, त्यहाँबाट काम हुनुपर्यो नि । अनि विद्यार्थी र अभिभावकलाई भ्रम हुँदैन ।’ 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा अयोगले समन्वय नगर्दा समस्या निम्तिएको बताउनु भयो । उहाँले भारत सरकारले १५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये अधिकांश बोर्डरमा कलेज स्थापना भएको बताउनु भयो । अधिकारीले आयोगले प्रभावकारी समन्वय नगर्दा अहिले ७३ वटा नर्सिङ कलेज बन्द अवस्थामा रहेको बताउनु भयो । उहाँले आयोगले  सिटिइभिटी र विश्वविद्यालयको सम्बन्धन लिएको कलेज चलाउन नपाइने र फुटाउनुपर्ने भनेर अपव्याख्या गरेको बताउनु भयो । 

अधिकारीले भन्नुभयो, ‘हाम्रो बोर्डरमा प्रशस्त मात्रामा शिक्षालयहरु खुले । भारत सरकारले १५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गर्यो । ती मध्ये अधिकांश बोर्डरमा खुलेका छन् । सिटिइभिटीको करिकुलम जस्ताको त्यस्तै डाउनलोड गरेर पढाइएको छ । इभन त्यहाँ नेपाल परिचय र नेपाली विषय पनि पढाएको छ । संगम युनिभर्सिटी लगायतले नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई पत्राचार गरेर तिम्रा विद्यार्थीहरु हामी कहाँ पढ्छन् । तिमी भिजिट गर्न आउ, पछि फेरि रजिष्ट्रेसन गर्नुपर्ला भनेर पत्राचार गरेको छ । एजेन्टहरुले विद्यार्थीलाई भर्ना गर्ने काम गरिरहेका छन् । हाम्रा हजारौं हजार विद्यार्थी बाहिर पढ्न गएका छन् । २० वर्षदेखि चलेर बसेको कलेजमा धुलो उडेर बसेको छ । हामी क्वालिटीका लागि ४० जना नर्सिङ पढाउँथ्यौं । उनीहरुले अहिले एक सय जना भन्दा बढी पढाउँछन् । नेपालका अस्पतालसँग सम्झौता गरेर समेत नर्सिङ पढाइरहेका छन् ।’ 

कार्यक्रममा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले स्तरोन्नतिको मापदण्डमा आशयपत्र भन्ने व्यवस्था नै नरहेको बताउनु भयो । उहाँले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थाहरुलाई राज्यले पेल्न खोजेको बताउनु भयो । उहाँले राज्यले निजी क्षेत्रलाई निषेध गर्ने नीति अघि सारेको बताउनु भयो । सापकोटाले आयोगले भ्रमको खेती सृजना गरेको भन्दै संस्था सञ्चालकहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘राज्यले निजी क्षेत्रलाई निषेध गर्ने नीति अघि सारेको छ । त्यसले गर्दा उत्पादन र वितरणमा असन्तुलन आउँछ । असन्तुलनले देशको शिक्षा र स्वास्थ्य व्यवस्थालाई नै संकटमा पु¥याउँछ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चलाएको आन्दोलन यो निजी शिक्षालयको आन्दोलन मात्रै होइन । चिकित्सा शिक्षा ऐनको दफा १२ (क) मा आशयपत्र प्रदान नगरिने भनिएको छ । विद्यार्थीको पढाई र अभ्यासका लागि मेडीकलतर्फ कम्तीमा तीन सय तथा डेण्टल र नर्सिङतर्फ कम्तीमा एक सय शैय्याको अस्पताल नभएसम्म सम्बन्धित विषयको कुनैपनि कार्यक्रम सञ्चालन गर्न आशयपत्र प्रदान नगरिने भन्ने व्यवस्था छ । आशयपत्र भन्ने बित्तिकै पुराना शिक्षण संस्थाहरुलाई होइन । आशयपत्र भनेको नयाँ अब शिक्षण संस्था शुरु गर्न चाहनेहरुका लागि दफा हो यो । यो दफा २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थाहरुलाई लागू गरिनुु नै अन्यायपूर्ण हो ।’

चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा टकराव हुँदा नर्सिङ शिक्षामा समस्या सिर्जना भएको छ । 


काठमाडौं

सोमवार, अशोज ८, २०८०

२१.०५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन