पुस्तकालयमा बसेर पढेको पैसा तिर्नुपर्ने कुरासँग विद्यार्थी आक्रोशित, त्रिवि भन्छः नियमन गर्न खोजेका हौँ

author

समाचारपाटी

१ महिना अगाडि

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् । उनीहरुले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ती जनाएका हुन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ । विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताउनु भयो । लामिछानेले पुस्तकालयमा स्वतःस्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा नभएको बताउनु भयो । विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरुलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताउनु भयो । उहाँले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताउनु भयो ।

यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गर्नुभयो । उहाँले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रुपमा विपन्न विद्यार्थी मर्कामा परेको वताउनु भयो । रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताउनु भयो । उहाँले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाईलो लागेको बताउनु भयो । उहाँले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरुबीच द्वन्द्व, विवादहरु नियमन गर्न शुल्क तोकेपनि आर्थिक रुपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताउनु भयो । अर्का विद्यार्थी अशोक कार्कीले अन्य विकल्प नभएपछि शुल्क तिरेरै अध्ययान गर्न बाध्य भएको बताउनु भयो । उहाँले शुल्क निर्धारण मापदण्ड वैज्ञानीक नभएको भन्दै शुल्क लिनु आपत्तीजनक रहेको बताउनु भयो । कार्कीले आफू पुस्तकालयमा आउने नियमित विद्यार्थी भएको भन्दै शुल्क तोक्दा अहिले विद्यार्थी संख्या घटेको बताउनु भयो । उहाँले जागिर खाइसकेका, लोकसेवा लगायतको परीक्षा दिनका लागि मात्रै एक महिना÷ डेढ महिना आउने गरेका विद्यार्थीले ६ महिनाको शुल्क तिर्नु वैज्ञानिक नभएको बताउनु भयो ।यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताउनु भयो । उहाँले झोला राखेर विद्यार्थीहरु बाहिर जाने र केन्द्रिय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताउनु भयो ।

ओझाले भन्नुभयो, ‘केन्द्रिय पुस्तकालयको नियमित सुविधा लिन चाहने विश्वविद्यालयको विद्यार्थी नभएको मान्छेले कम्तीमा एउटा नियममा बसेर हामीले अपनत्व महशुस गराउन खोजेका हौं । त्यस्तो महँगो शुल्क होइन । एउटा रेकर्डको लागि पनि हो । पाँच÷सात सय रुपैयाँ महँगों नहोला । केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताउनु भयो । उहाँले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरुलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताउनु भयो । उहाँले पुस्तकालयमा विद्यार्थीबीच द्वन्द्वर  झैझगडा नै हुन थालेपछि शुल्क निर्धारण गरिएको बताउनु भयो । 

सुवेदीले भन्नुभयो, ‘कुनैपनि पुस्तकालय त्यस्तो हुँदैन जहाँ सदस्य नभइकन त्यहाँका सामग्री प्रयोग गर्न पाईन्छ । हामीले यो भन्दा अगाडी विश्वविद्यालय केन्द्रिय पुस्तकालयमा जो कोही व्यक्ति पनि जुनसुकै बेला यो पुस्तकालय खोलुन्जेलसम्म पुस्तकालयमा बसेर पढ्नुपर्ने व्यवस्था गरिएको रहेछ । अब त्यो हुँदाखेरी हाम्रो विश्वविद्यालयभित्र बसेर पढिरहेको छ भन्ने कुराको रेकर्डपनि हामीसँग भएन । हामीले के गर्यौं भने कम्तीमा पुस्तकालयभित्र बसेर अध्ययन गर्ने विद्यार्थीहरुको रेकर्ड हामीसँग हुनुपर्छ । त्यसको लागि उनीहरुलाई सदस्यता अनिवार्य हुनुपर्छ भन्ने मान्यता राखेर भदौ १ गतेदेखि त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर पढ्न खोज्ने विद्यार्थीको लागि चाहीँ अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गर्यौं ।

त्रिवि केन्द्रिय क्याम्पसमा भर्ना हुने सबै विद्यार्थीहरु यहाँका सदस्य हुन पाउँछन् । र, उनीहरुसँग त्रिविको आइडेन्टीकार्ड हुन्छ । पुस्तकालय प्रयोग गर्न जुनसुकै देशमा सदस्यता कार्ड लिइन्छ । यो भन्दा अगाडी विद्यार्थीहरुले सित्तैमा भित्र छिरेर जुनसुकै बेला जसरीपनि बसेर पढ्न पाइने भइरहेको परिस्थितिमा सदस्य बनेर छिर्नुपर्दा अलिकति अफ्ठ्यारो भएको हुनसक्छ । यथार्थमा यो उहाँहरुलाई दुःख दिन खोजिएको होइन की त्यो चाहीँ एउटा नियम बसाउन खोजिएको हो । यहाँ त विद्यार्थी आउने लाइन लागेर बस्ने र दुई थरी विद्यार्थी झगडा गर्ने, यहाँका भौतिक संरचनाहरुलाई पनि क्षती पुर्याउने, मेचमा बस्दाखेरी पनि म पहिले आएको त पछि आएको, यो मेरो ठाउँ यो मेरो ठाउँ भनेर एक किसिमको कन्फ्लीक्टको कुरापनि ल्याउन थाल्नुभयो । जसले गर्दा हामीलाई त एउटा नियमन त गर्नुपर्यो । नियमन गर्नलाई पहिलो स्टेपको सदस्यताको कुरा हो । सदस्यता हामीले नियम बनाउनका लागि गरेका हौं ।’पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गरीएको हो । 


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२०.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन