‘सुन तस्करी प्रकरणको छानबिन राज्यका संयन्त्रले नै गर्नुपर्छ:- सांसद मदनकुमारी शाह

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा(एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यको संयन्त्रहरुले नै गर्नुपर्ने बताउनुभएको छ । 

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका निकायहरुले नै गर्नुपर्ने बताउनुभएको हो । उहाँले सिआइबिलाई छानविन गर्न दिइनु ठिक भएको बताउनु भयो । उहाँले राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु सबैको दायित्व भएको बताउनु भयो । उहाँले सरकारी संयन्त्रहरुलाई विश्वास गर्नुपर्ने बताउनु भयो । उहाँले हरेक अपराधहरुको अनुसन्धान आयोगबाट नै गर्ने हो भने राज्यका सम्बन्धित संयन्त्रहरुको कुनै काम नहुने बताउनु भयो । उहाँले अपराध अनुसन्धानमा संविधानले बनाएका संरचना र संयन्त्रहरुलाई परिचालित गर्नुपर्ने र तिनलाई बलियो बनाउनुपर्ने बताउन भयो । 

उहाँले भन्नुभयो – ‘सुन काण्डमा दोषि जो कोही भएपनि सजाय पाउनुपर्छ । त्यसका लागि सिआइबिलाई छानबिन गर्न दिनेकुरा ठिक छ । राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु हामी सबैको दायित्व हो । किनकी ति संस्थाहरु हामीले नै निर्माण गरेका हौँ । आफैँले निर्माण गरेका संस्थाहरुलाई अविश्वास गर्न पुग्यौँ । कमजोर बनाउन पुग्यौँ भने के सधैँ आयोगहरुले त्यस्ता समस्याहरुको निरुपण गर्न सक्छ ? तसर्थ म के अनुरोध गर्न चाहन्छु भने हामी आफैँले बनाएका संस्थाहरुमाथि विश्वास गर्न सिकौँ । विश्वास गरौँ । बलियो बनाऔँ । संरचनाहरु बलियो भएमात्र यो मुलुक बलियो बलियो हुनसक्छ । मुलुक बलियो भएपछि हामी सबै बलिया हुनसक्छौँ भन्नेकुरा म यहाँ राख्न चाहन्छु । तसर्थ अहिले उच्चस्तरीय छानबिन आयोग बनाउने माग जोडदार ढंगले उठिरहेको छ । सुनिदैछ भोलिसम्ममा त्यसको समाधान त हुन्छ । तथापि यो इतिहासलाई हामीले फेरी पुनरावृत्ति गर्ने कि नगर्ने ? यस्ता हरेक समस्याहरु आउँदा, हरेक अपराधहरुको अनुसन्धान गर्नुपर्दा हामीले आयोगबाट नै त्यसको निराकरण खोज्ने हो भने हाम्रो लाखौँ रुपैयाँ व्यय गरेर खडा गरिएका, दायित्व लिएर बनाइएका संस्थाहरुको कुनैपनि काम रहने छैन । त्यसकारण यदी राज्यलाई बलियो बनाउने हो भने सरकारलाई बलियो बनाउने हो । अपराधहरुलाई निरुत्साहित गर्ने हो । एउटा सिस्टम बसाउने हो मुलुकमा भने हामीले हामीद्वारा खडा गरिएका, संविधानले बनाएका संरचना, संयन्त्रहरुलाई परिचालित गर्नुपर्छ । तिनलाई बलियो बनाउनुपर्छ ।’उहाँले राज्यलाई बलियो बनाउनका लागि सरकारलाई बलियो बनाउनुपर्ने धारणा पनि राख्नुभयो ।


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२३.२७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन