‘मैले मेरो पहिलो चलचित्र बुलबुल गर्दैगर्दा क्रिटीकल्ली एकदमै राम्रो मानियो’:-अभिनेता मुकुन भुसाल

author

समाचारपाटी

१ महिना अगाडि

कलाकारहरुले चलचित्रमा पात्र हिट भएपछि मात्रै सिनेमा क्षेत्रमा कलाकारको आयु लम्बिने बताएका छन् । सोमवार काठमाडौंमा नेपाली चलचित्र गणपतिका कलाकारहरुसँगको साक्षात्कारमा कलाकारहरुले फिल्ममा जति धेरै पात्रको अभिनय रुचाइन्छ त्यति नै धेरै फिल्म क्षेत्रमा कलाकारहरुको आयु लम्बिने बताउनुभयाे । साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेता मुकुन भुसालले कलाकारलाई फिल्मको बिजनेस अर्थ राख्ने भएपनि त्यससँगै क्यारेक्टर हिट भएपछि कलाकारको आयु पनि सिनेमा क्षेत्रमा लम्बिने बताउनु भयो । उहाँले आफूले चलचित्र बुलबुलमा अभिनय गरेपछि चोपेन्द्र पात्रलाई धेरै रुचाइएको भन्दै अब गणपतिले त्यो छविलाई बिर्साउन सहयोग पुग्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मैले मेरो पहिलो चलचित्र बुलबुल गर्दैगर्दा क्रिटीकल्ली एकदमै राम्रो मानियो । समीक्षकहरुले रुचाउनु भयो । सिनेमामा चोपेन्द्र भन्ने क्यारेक्टर गरेको थिएँ । एकदमै त्यो क्यारेक्टर रुचाउनुभएको थियो । मैले अहिलेसम्म आइपुग्दा मुकुन भुसाल भन्दा पनि चोपेन्द्र भनेर चिनिन्छ । गणपतिमा यस पटक टाइटल क्यारेक्टर गरेको भएर पनि यस पटक त्यो क्यारेक्टरले गरेको काम दर्शकले मन पराउनु भयो भने चोपेन्द्रको छविलाई कतै कतै गणपतिले छायाँमा पार्नसक्ने सम्भावना छ । ६ महिनामै पुराना पात्रा बिर्सिँदै नयाँ चरित्रमा आउन मन हुन्छ । कलाकारलाई फिल्मको बिजनेस त त्यसले अर्थ राख्छ तर क्यारेक्टर हिट भएपछि उसको आयु पनि कलाकारको आयु पनि सिनेमा क्षेत्रमा लम्बिन्छ ।’

त्यस्तै अर्का कलाकार देवेन्द्र बब्लूले आफूले भोगेको र देखेको कथामा काम गर्ने इच्छा गणपतिबाट पूरा भएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आफूले भोगेको र देखेको कथामा काम गर्ने इच्छा थियो । जुन गणपतिमा पूरा भएको छ । कथा पढेपछि आफूले भोगेको कुरा आइसकेपछि राम्रो लागेर खेलेको हो ।’त्यस्तै लेखक एवं निर्देशक सविन अधिकारीले गणपति चलचित्र आफ्नै गाउँघरमा भएको कथावस्तुमा आधारित रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गणपति मेरो गाउँमै घटेको कथामा आधारित छ । त्यो मन परेर उठाएको हो । बनाउँदै जाँदा झनै बेस्ट हुन गयो । मलाई खासमा लेख्न मन पर्छ । त्यो पनि निर्देशनमा जति मन पराउनुहुन्छ, त्यसरी नै चिन्नुहुनेछ । मलाई लेख्न मन पर्छ ।’

चलचित्र गणपति यही भदौ १४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अंशु महर्जन, पुष्कर गुरुङ, जयानन्द लामा, सुशील पोखरेल, देवेन्द्र बब्लू, कालु राणा, टीकाभक्त जिरेल, कविता न्यौपाने, शंकर धिताल, अनिश अधिकारी, रोहित कार्की, गीता थापा, स्मारिका खनाल, किरण एकचाई मगर, सागर बिसी, निश्मा भट्टराई, अवसर सुवेदी, प्रशान्त हुमागाईं, अनमोल तमाङ लगायतका कलाकारको अभिनय रहेको छ । 


काठमाडौं

बुधबार, अशोज १०, २०८०

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन