”सदनलाई प्रभावशाली बनाऔँ, गतिशील बनाऊ, हाम्रा विमतिहरु सबै सदनमा राखौं”:-प्रमुख सचेतक सन्तोष परियार

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला रास्वपाले भने आईतवार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकमा सदन भित्रै आफ्नो विमतिहरु राखेर समस्याको समाधान गर्नुपर्ने बताएको हो । संसदलाई प्रभावकारी र गतिशील बनाएर सबै विमतिहरु त्यहीँ भित्र हल गर्नका लागि आफ्नो पार्टीले बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले देश र जनतालाई केन्द्रमा राखेर सत्तापक्ष र प्रमुख प्रतिपक्षले सदनलाई प्रभावकारी बनाउनु ध्यान दिनुपर्ने पनि बताउनु भयो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘आज सम्माननीय सभामुखज्युले प्रमुख सचेतकहरुलाई विशेष गरेर कार्य व्यवस्था परामर्श समितिमा बसेर पनि कुरा खासै टुंगिएको छैन । जुन गाँठो परेको थियो । त्यो गाँठो फुकिसकेको छैन । कमसेकम प्रमुख सचेतकहरुसँग बसेर एक पटक छलफल गर्न पाए हुन्थ्यो भनेर उहाँले आज पटक हामीलाई बोलाउनु भएको थियो । र, हामी आयौं । कुरा त्यही छ । अस्ती जहाँ अडिएको थियो । सत्तापक्षको पनि कुरा त्यही हो । प्रमुख प्रतिपक्षको कुरा त अझ हामी बलियो ढंगले प्रश्तुत हुन्छौं भन्ने कुरा छ । मैले आफ्नो तर्फबाट यो तपाईहरुको जडताले सदनलाई यो खालको बन्दी बनाएको छ । यसले राम्रो गरेको छैन । सदनमा अन्य दलहरु पनि छन् । सदनको जनमत हेर्ने हो भने त्यो जनमतको लोकप्रियता पनि तपाईहरुले बुझ्नु भएन, स्वीकार्नु भएन । हामीलाई त सदनमा यसरी बोल्न नदिँदा पनि केही फरक पर्दैन । किनभने हिजो पनि हामी जनताको माझबाट आएका हौं । आज पनि जनतामा गएर बोल्छौं । तर कुरा के हो भने यो प्रणालीमाथि प्रश्न चिन्ह नहोस् । तपाईहरुको संघर्षले यो व्यवस्था आएको हो । हामी यसलाई समृद्ध गर्न चाहन्छौं । अझ यसलाई हामी जनताको पक्षमा बनाउन चाहन्छौं । यो गाम्भिर्यतामा सबैमा हुनुपर्यो भनेर मैले मेरो कुरा राखेँ । राष्ट्रिय स्वतन्त्र पार्टी हामी जिम्मेवार छौं । यसलाई खुलाउनका लागि हामीले पहल गरिराखेका छौं ।  सदनलाई प्रभावशाली बनाऔँ । गतिशील बनाऊ । हाम्रा विमतिहरु सबै सदनमा राखौं । जे गर्नु छ । सदनमै गरौं । तर फेरि हाम्रो अभ्यास, यो लोकतन्त्रको सिमितता आदिले सदन अगाडि लैजान नसक्ने बाध्यता छ । अलिकति हामीले देश र जनतालाई केन्द्रमा राख्यौं भने पार्टीहरु पनि आफ्नो जडताबाट आउने हुन कि भन्ने आशा चाहीँ छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले सदन खुलाउनका लागि पहल गरिरहेको दाबी पनि गर्दै आएको छ ।


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२३.८३°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन