वर्षाका कारण बेनी-जोमसोम सडकमा दर्जनौं स्थानमा पहिरो, सडक अवरुद्ध

author

समाचारपाटी

१ महिना अगाडि

जोमसोम । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको (बेनी-जोमसोम)७६ किमी सडकको दर्जनौं स्थानमा पहिरो खस्दा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ वटै वडाको मुख्य सडकमा पहिरोले सडक अवरुद्ध भएको हो।

मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीरदेखि अन्नपूर्ण गाउँपालिकाको दानास्थित नारच्याङ पुलसम्मको सडकमा ठाउँठाउँमा पहिरो खसेको बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयाे । उहाँका अनुसार म्याग्दीको अन्नपूर्ण गापाको खाम भित्ता,गुईठे,जलथले,सुकेबगर,लाटा खोला,तितर रुप्से र काभ्रेभीर लगायतको करिब ३ दर्जन स्थानमा सानो ठूलो पहिरो खसेको हो । 

बेनी-जोमसोम सिधा यातायात सम्पर्क पहिरोको कारण अवरुद्ध भएको सुपरभाइजर शेरचनले बताउनुभयाे । सडक अवरुद्ध भएपछि ठाउँठाउँमा सवारी साधन अड्किएर गन्तव्यमा पुग्न नसकेको सुपरभाइजर शेरचनले बताउनुभयाे ।

अवरुद्ध बेनी-जोमसोम सडकखण्डको पहिरो पन्छ्याउन ४ वटा डोजर परिचालन भएको सुपरभाइजर शेरचनले उल्लेख गरे। ‘बेनी-जोमसोम सडकको काभ्रेभीरदेखि दाना खण्डको ठाउँठाउँमा पहिरो खसेको छ,दुई ठाउँमा सडक स्टक्चरनै भाँसिएको छ,’सुपरभाईजर शेरचनले भने,‘हामी निरन्तर सडक सडकको पहिरो पन्छ्याउन लागिरहेका छौं,सडक भाँसिएको स्थानमा ग्याविन लगाएर सडक मर्मत गरिहेका छौं ।’ 

उनले फेरी वर्षा नभएमा पहिरो पन्छ्याएर अवरुद्ध सडक खोल्न केही दिन लाग्ने बताए । यसअघि (बेनीजोमसोम) सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिकाको बैसरीमा निरन्तरको पहिरोले करिब १० दिनसम्म सडक अवरुद्ध भएको थियो । म्याग्दीको कमजोर भुबनोटका कारण बर्खायाममा बर्सेनि निरन्तर पहिरो खस्दा सडक अवरुद्ध हुँने गरेको छ ।

चालु वर्ष साउनको पहिलो हप्तादेखि दर्जनौं पटक बेनी-जोमसोम सडक खण्डमा पहिरो र नदी कटानले सडक बेस अवरुद्ध हुने गरेको छ । वर्षाका कारण मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग जोड्ने सडक पटक पटक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने सवारी साधन,मालबाहक सवारी,पर्यटक र स्थानीयले सास्ती भोग्न बाध्य छन् ।

यसैगरी अविरल वर्षाका कारण आएको बाढी पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा दर्जनौ विद्युत पोलमा क्षति पुगेको  निलगिरी उपभोक्ता सहकारी संस्था अन्तर्गत जोमसोम विद्युत वितरण केन्द्रका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयाे। उहाँका अनुसार विद्युत पोलमा क्षति भएसँगै मुस्ताङमा केन्द्रीय प्रशारण लाइन अवरुद्ध भएको बताउनुभयाे ।

onlinekhabar


काठमाडौं

मङ्लबार, अशोज ९, २०८०

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक