‘कक्षा १२ को नतिजामा आधा विद्यार्थी फेल’

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गर्नुभयाे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२/०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए ।

तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ ।

गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार परीक्षा भएको ८० दिनपछि नतिजा सार्वजनिक हुँदा ५०.९१ प्रतिशत उतीर्ण भएका छन् । ‘विगत वर्ष भन्दा केही इम्प्रुभ भएको मानेका छौं’ उहाँले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयाे । यो वर्ष एक लाँख ८२ हजार ९२६ (४९.०९ प्रतिशत) एनजी ल्याएका छन्, जुन गत वर्ष १ लाँख ८८ हजार ४१० जना रहेका थिए ।

त्यसकारण गत वर्षको तुलनामा सुधार भएको बोर्डले दाबी गरे पनि उच्च शिक्षा पढ्न नपाउनेको संख्या ठूलो देखिएको छ । यसले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको घट्दो संख्यामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला नतिजामा सुधार भन्न नमिल्ने बताउँनुहुन्छ । ‘किनभने परीक्षार्थीमध्येको आधा प्रतिशतले त उच्च शिक्षा पढ्नै नपाउने भएका छन । त्यसैले सुधार भन्दा पनि सुधार उन्मुख भएको भन्न सकिन्छ’, उहाँले भन्नुभयाे ।बालबालिकाको पढ्ने शैली र शिक्षकको पढाउने शैली नमिल्दा नतिजामा सुधार ल्याउन नसकिएको उहाँको बुझाइ छ

कक्षा १२ को नतिजाले विद्यालय तहको सिकाइ स्तर अत्यन्त चिन्ताजनक देखाएको पूर्वशिक्षामन्त्री शिशिर खनाल बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘परीक्षार्थीमध्ये लगभग आधा विद्यार्थी माथिल्लो तह पढ्न नपाउने हुनु भनेको त अत्यन्तै गम्भीर चिन्ताको विषय हो ।’

उत्तीर्ण भएकाहरु पनि कतिपयले थोरै नम्बर ल्याएको हुन सक्ने भन्दै उहाँले यकिन तथ्यांक सार्वजनिक गरेर सुधारको काम थाल्नुपर्ने बताउनुभयाे । ‘नतिजा हेरेर पास भएका मध्ये ५० प्रतिशत पनि सिकाई नहुनेहरु कत्ति होलान् भनेको पास त भए तर उनीहरुको सिकाईको स्तर त उन्नत पक्कै भएन’, उहाँले भन्नुभयाे ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का अनुसार यो वर्ष सबै भन्दा धेरै १ लाख ९ हजार ५२७ जनाको अंग्रेजी विषयमा ननग्रेड आएको छ । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ जना, सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा भन्नुहुन्छ, ‘मुख्य कक्षा कोठाको पठनपाठनसँग विद्यार्थीको नतिजा जोडिएको हुन्छ त्यसैले हाम्रो बुझाइ अनुसार शिक्षण सिकाई प्रभावकारी भएन ।’

बोर्डले २ विषयसम्म ननग्रेड हुनेका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दैछ । त्यसमा १ लाख २३ हजार ३ सय ९६ जना सहभागी हुन पाउनेछन् । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसा एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेको छ ।


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२४.३८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन