संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङमा १ घरमा आगलागी भएको छ ।
स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले बताउनुभयो ।
उहाँका अनुसार घटनाको खबर आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन भएको छ ।
अहिले सार्वजनिक मुचुल्का तयार पर्ने र क्षतिको बारेमा अनुसन्धान भइरहेको हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खनालको भनाइ छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन तर घरभित्र रहेको अन्नपात र लत्ताकपडाहरु सबै जलेर नष्ट भएका छन् ।
फुसले छाएको घरमा रातको समयमा अचानक आगलागी भएको बताइएको छ । तर, के कति कारणले आगलागी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरीको भनाइ छ ।