काभ्रे । जिल्लाको बनेपा नगरपालिका -१३ स्थित अरनिको राजमार्गअन्तर्गत भैसीपार्टीमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु भएको छ। विपरीत दिशाबाट आइरहेको ट्रकमुनि अनियन्त्रित मोटरसाइकल छिर्दा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ११ बजेतिर बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ बागमती प्र ०३-००१ ख १५८६ नम्बरको ट्रकको मुनि छिर्दा धुलिखेल वडा नम्बर १ बस्ने २१ वर्षीय अभिषेक न्यौपाने गम्भीर घाइते भएका थिए । उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
उक्त ट्रक र चालक बनेपा प्रहरीको नियन्त्रणमा रहेको डीएसपी रेशम बोहराले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटनापछि केही समय अरनिको राजमार्ग अवरुद्व भएको हाल सुचारु भइसकेको डीएसपी बोहराले बताउनुभयाे ।