काठमाडौं । पूर्वि अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमवार भएको बिस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।
सोमवार भएको बिस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ । बिस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ ।
पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही हरणार्थीहरुल र खोस्टका बासिन्दाहरु सहभागी रहेको एक होटलमा बम बिस्फोट भएको थियो । अहिले घाइतेको अस्पतालमा उपाचार भइरहेको छ ।