पोखरा । अन्तर्राष्ट्रिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को साधारणसभाले सुरेन्द्र परियारको सँयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । २२ औं वार्षिक साधारण सभा तथा १४ औ अधिवेशनले अन्नपूर्ण समूह ५४ को सँयोजकमा सुरेन्द्र परियार चयन हुनुभएको हो ।

शनिबार पोखरामा सम्पन्न साधारण सभाले सहसंयोजकमा विष्णुहरी पन्थी , सचिवमा अधिबक्ता मिना कुमारी रानाभाट, कोषाध्यक्षमा दिपा शर्मा, सहसचिवमा अधिवक्ता सुर्य बहादुर थापा चयन गरेको छ । त्यस्तै समितिको सदस्यहरूमा शुशिल केसी , अजय थापा, अनिरुद्र बराल र अस्विन कार्की चयन भएका छन् । कार्यक्रमको एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक कोमलनाथ कुवरले उद्घाटन गर्दै मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको बताउनुभयो ।
नवनिर्वाचित टिमले एम्नेष्टी अभियानलाइ व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचाईमा पुराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नवनिर्वाचित टिमलाइ निर्वाचन सँयोजक एवम् एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक नविनराज बरालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै नया कार्यसमितिले मानव अधिकारका क्षेत्रमा प्रभावकारि भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक अनन्त कोइराला , एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक भानु पराजुली , एम्नेष्टी इन्टरनेशनल समूह ८२ सचिव नरेश बराल लगायतले निर्वाचितहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको मान जोगाइराख्न आग्रह गरेका थिए ।