काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले परिकल्पना गरेजस्तो सुविधा जनतालाई दिन नसकेको बताउनुभएकाे छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय केही रोगहरूमाथि विजयी प्राप्त गर्दै गएपनि जनतालाई चाहिएजस्तो सुविधा दिन नसकेको बताउनुभएकाे हाे।
'केही रोगहरूमाथि विजयी प्राप्त गरकेा छौं। जनताको सरदर आयु बढ्दै गएको छ,'प्रधानमन्त्रीले भन्नुभयाे,' संविधानले परिकल्पना गरिएजस्तो सुविधा जनतालाई दिन सकिएको छैन। हाम्रो अगाडि चुनौतीहरू छन्।'
प्रधानमन्त्री दाहालले नर्सिङ सेवामा पछिल्लो समय चुनौती बढ्दै गएको बताउनुभयाे। उहाँले नर्सिङ सेवामा देखिएका चुनौती समाधान गर्न केही नयाँ संकल्प लिएको जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,'नर्सिङ सेवामा देखिएका चुनौती हाम्रा लागि अग्निपरीक्षाजस्तै देखिएको छ। केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौतीहरूलाई समाधान गर्न मैले आफैले नयाँ संकल्प लिएको विश्वास पनि दिलाउन चाहन्छु। '
उहाँले नयाँ संकल्पसहित प्रतिवद्धताका साथ सामाजिक न्याय र समृद्धिको यात्रामा रहेको बताउनुभयाे। शिक्षा र स्वास्थ्यमा जनतालाई सेवा दिन निरन्तर प्रयास गरिएको उहाँको भनाइ छ। उहाँले शिक्षामा संघीय शिक्षा ऐनलाई अन्तिमरुप दिन लागिपरेको बताउनुभयाे। प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयले सुरू गरिएका कामहरूमा तरकारको तर्फबाट बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयाे।