विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले प्रदेशको नामाकरण विषयमा उठेका समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएकाे छ। शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री थापाले प्रदेशको नाममा उठेका सबै प्रश्नहरू माग र मुद्दालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएकाे हाे ।
प्रदेशको नामाकरण परिवर्तनका लागि संविधानत: र वार्ताद्वारा हल गर्नेतर्फ गठबन्धन दलहरू उन्मुख रहेको मुख्यमन्त्री थापाले प्रष्ट पार्नुभयाे।
विश्वासको मतका लागि दलहरूबीच छलफल सुरू हुने मुख्यमन्त्री थापाले जानकारी दिनुभयाे। गठबन्धन दलको बैठकबाट विश्वासको मत लिने मिति र रणनीतिबारे प्रक्रिया थालनी हुने उहाँको भनाइ छ। पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापाले जनता समाजवादी पार्टी (जसपा) चाँडै सरकारमा सहभागी हुने दावी गर्नुभयाे। जसपा प्रदेश नामाकरणका क्रममा पहिचानको पक्षमा उभिदै आएको छ।