स्याङजा फेदीखाेला -२ महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरमा पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक Mr. Noguchi Ken र Peak Aid , Ken Noguchi´s Foundation Japan काे आर्थिक सहयोग एवम् उपकार फाउन्डेशन, नेपालको आयोजनामा फेदीखाेलाका विभिन्न विद्यालय तथा बालगृहलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

साउन २३ गते मंगलबार श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय, फेदीखोला-२, स्थानचौरको प्राङ्गणमा पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक Mr. Noguchi Ken र Peak Aid , Ken Noguchi´s Foundation Japan काे आर्थिक सहयोग एवम् उपकार फाउन्डेशन, नेपालको आयोजनामा श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण, श्री शिवालय आधारभूत विद्यालय, श्री खहरे आधारभूत विद्यालय, श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय, श्री काला भैरव माध्यमिक विद्यालय र अमोर बालगृहका गरी ४ सय भन्दा बढि बिद्यार्थीहरुलाई शिक्षण सामाग्री वितरण गरिएको हाे।


उक्त कार्यक्रममा फेदीखोला-२, खहरे निवासी क्यान्सर रोगबाट पीडित भई भारतको नयाँ दिल्लीमा उपचाररत पूजा अधिकारी कार्कीलाई नगद रु. १०,०००/- समेत प्रदान गरिएको थियोे भने विद्यालयमा नि:शुल्क जग्गा दान गरी विद्यालयको नाममा जग्गा धनी प्रमाणपूर्जा बनाइदिनु भएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष श्री नेत्रबहादुर कार्कीलाई सम्मानसमेत गरिएको थियो ।

उपकार फाउन्डेशन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष श्री अविलास गुरुङले पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमी Mr. Ken Noguchi जस्ता महान् दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताउनुभएकाे थियाे।

फेदीखोला शिक्षा शाखा प्रमुख श्री रामचन्द्र गुरुङले विगत ६/७ वर्षदेखि यस क्षेत्रमा Mr.Noguchi Ken काे अमूल्य देन रहेको बताउनुभयाे। समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताउनुभयाे । सामाजिक अभियन्ता, समाजसेवी लाल कार्की अन्जानले Mr. Noguchi Ken र उपकार जस्ता समाजसेवी भएमा कोही निरक्षर हुनु नपर्ने बताउँदै उपकारको परोपकारी मनको प्रशंसा गर्दै एउटा गजल समेत सुनाउनुभएकाे थियाे । शिवकुमार गौतम र चित्र बहादुर कार्कीले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राख्नुभएकाे थियाे।
कार्यक्रम शिक्षक पार्वती कार्कीले सञ्चालन गर्नुभएकाे थियाे भने शिक्षक गोदार उपमाले स्वागत गर्नुभएकाे थियाे ।
