पोखरा । जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा घटाईएको नघटाईएको सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दावी गर्नुभएकाे छ । बाहिर अन्य हल्ला फैलिएको फैलिएको भन्दै जनआन्दोलन घाइतेलाई निशुल्क स्वास्थ बिमा तथा उपचार कार्यक्रम प्रदेश सरकारले निरन्तरता दिएको कारण हल्लाको पछी नलाग्न सुझाव दिनुभयाे ।
बाहिर जनआन्दोलन घाइतेले पाउने सेवा सुबिधा प्रदेश सरकार नदिएको हल्लाको भ्रममा नपर्न अनुरोध गर्नुभयाे । राज्यद्वारा बेपत्ता योद्वा मजदुर नेता चमनलाल बराल २१ औं खोज सभालाई सम्बोधन गर्दै जिल्ला अस्पताल र प्रदेश सरकारको अधिनमा रहेका सबै अस्पतालमा उक्त सेवा सुविधा लिन सक्ने जानकारी दिनुभयाे ।

‘हामी बाच्ने पनि उछुट्टीएर बाँचेको हौं । कसरी बाँचीको थाहा छैन, उहाँले भन्नुभयाे, पार्टी हिजो जसरी विभाजन भयो अब सबै केन्द्रित हुनुपर्छ बल्ल शहिदको सपना पुरा हुन्छ ।’प्रचण्डलाई मात्र नभएर जनयुद्धमा होमिएका सबै नेताले जिम्मेवार हुनुपर्ने धारणा राख्दै जनयुद्धको नेतृत्व र कार्याकर्ता सबै एकै ठाउँमा हुनुपर्ने धारण राख्नुभयाे ।
एउटा मन्त्रीले मात्र मन्त्रालय नभइ जनताको मन्त्रालय रहेको भन्दै जनता मन्त्रालयमा योजना माग्न गए मात्र मिलेर काम गर्न सकिने बताउनुभयाे । मिलेर अघि बढ्न आफू तयार रहेको जानकारी दिनुभयाे ।
चमनलाल बराल (मित्र)लाई २०५९ साल साउन २० गते तत्कालीन शाही सेनाले बेपत्ता बनाएको छ । उहाँ अहिलेसम्म कहाँ हुनुहुन्छ भन्ने खुलाईएको छैन ।
चमनलाल बरालको छोरी संगिता बरालले राज्यको आफ्ना बाबुलाई बेपत्ता बनाएको बताउनुभयाे । राज्यले चमनलाललाइ लगेर के गर्ये कहाँ लग्यो अहिले कहाँ हुनुहुन्छ त्यो परिवारले जानकारी पाउनुपर्ने बताउनुभयाे । चमालाल जस्ता हजारौं अन्यमा परेको उहाँले सुनाउनुभयाे ।