काठमाडौं । सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् ।
मगरलाई साउन ७ गते काठमाण्डौको सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाडौंप्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका अनुसार मुचुल्का सकेर पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा लगिएको छ ।
मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो ।
सामाखुसी घर भएका साजन पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्दै आएका थिए ।
बालकको ११ दिनपछि दक्षिणकालीमा मृत भेटिएसामाखुसीमा नालामा खसेर बेपत्ता