सरकारको भ्रष्टाचारबिरोधी कदमले जनतामा नयाँ आशाको सञ्चार गराएको छ : प्रधानमन्त्री

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताउनुभएको छ । 


प्रधानमन्त्री दाहालले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरुले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताउनुभएको हो । आईतवार काठमाडांैमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै उहाँले ७ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरुले इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘वर्तमान सरकार नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार बदलिएको व्यवस्था अनुसार जनताको दैनिक जीवन र अवस्था पनि बदल्न सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ यात्रातर्फ अगाडि बढ्ने जमर्को गरिरहेको छ । र, यस्तो सन्दर्भमा सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जेजति मेहनत भएको छ । जे जति प्रयासहरु भएको छ । यसबाट जे जति उपलब्धिहरु हासिल हुँदैछन । त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ । पछिल्लो समय भ्रष्टाचारका बिरुद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरु गरिएका छन् । यसले जनतामा नयाँ आशाको रक्तसञ्चार गरेको छ । नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदैछ । यस सन्दर्भमा सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढताका साथ सहयोग र ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा आभार पनि व्यक्त गर्न चाहन्छु । र, माधव मरहट्ठा जस्ता बहुआयामिक व्यक्तित्वका धनीको प्रेरणा पनि यस सन्दर्भमा महत्वपूर्ण रहेको कुरा म प्रष्टसँग यहाँ राख्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले मरहट्ठाले माओवादी जनयुद्धको बिजारोपण, घोषणा, विकास र त्यसको शान्तिपूर्ण रुपान्तरणमा खेल्नुभएको भुमिकाको प्रशंशा गर्नुभएको थियो । उहाँले मरहट्ठालाई नेपालको कम्युनिष्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरुका पनि गुरुको रुपमा चित्रण गर्नुभएको थियो । 


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन