काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ हिमचुलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान बा १० च ३५४६ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सिन्धुलीका २० वर्षीय जीप चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौंबाट चित्लाङ जाने क्रममा हिलोमा फसेको भ्यानलाई धकेल्दा ‘ओभर स्पीड’ भइ सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी धकेल्नका लागि तीन जना गाडीबाट ओर्लिएका थिए ।