‘अवैध कारोबार र तस्करी नियन्त्रणमा सबैको समन्वयात्मक भुमिका आवश्यक’

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भुमिका आवश्यक रहेको बताउनुभएको छ । 


विहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले सरकारी निकायहरुले समन्वयकारी रुपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले एउटा मात्रैको भुमिकाले राम्रो परिणाम आउन नसक्ने बताउनु भयो।  उहाँले करिव एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताउनु भयो। उहाँले सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानूनी गतिविधिलाई न्युनिकरण गर्न सकिने बताउनु भयो । उहाँले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भुमिका भए मात्रै गैरकानूनी गतिविधि कम गर्न सकिने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्नुपर्ने बताउनु भयो । उहाँले प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने प्रविधि,जनशक्ति अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने प्रविद्धता जनाउनु भयो। अर्थमन्त्री महतले विमानस्थल भन्सारमा गैरकानूनी रुपमा भइरहेका गतिविधिलाई अनुसन्धानमा जोडिएका निकायहरुले निगरानी गर्नुपर्ने बताउनु भयो । उहाँले अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत व्यापारको नाममा दुरुपयोग गर्ने प्रयास गर्ने गरेको भन्दै उनीहरुको प्रयास विफल बनाउन सबै निकायहरु शतर्कताका साथ काम गर्नुपर्ने बताउनु भयो । अर्थमन्त्री महतले कुनै बहानामा सरकारी निकायहरुले उदासिनता देखाउने वा आ–आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने कुरा मान्य हुन नसक्ने बताउनु भयो । उहाँले अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरुले समन्वयात्मक ढंगले काम गर्ने प्रतिवद्धता जनाएको पनि बताउनु भयो। 


उहाँले भन्नुभयो,‘विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वयकारी भुमिका हुनुप¥यो र एक अर्कालाई सहयोग पु¥याउनु प¥यो । त्यो भयो भने मात्रै गैरकानूनी गतिविधि कम भएर जान्छ । अपराध गर्ने मनसाय भएका, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन् । सरकारले भन्सारमा भएको प्रविधिलाई त्यही अनुसार अपग्रेड गर्नुपर्छ । भन्सार छलेर पतालगाउन नसक्ने गरी फुत्कन नपाउनु । कुन गैरकानूनी रुपमा गतिविधि भइरहेको छ । त्यो कुरालाई अनुसन्धानमा जोडिएकाहरुले निगरानी गरिराख्नुपर्छ । निगरानीको आधारमा सूचना आदानप्रदान गर्नुपर्छ । त्यो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत व्यापारको नाममा दुरुपयोग गर्ने  प्रयास गर्छ उनीहरुको प्रयास विफल हुन्छ । अस्तिको घटनामा पनि विमानस्थलको भन्सारबाट निस्कन पाएपनि सूचनाको आधारमा उनीहरु पक्राउ परेर सुन बरामत भयो । राम्रो कुरा हो । राज्यको एउटा निकायले सूचनाको आधारमा पक्रियो । सरकारी निकायको विभिन्न जिम्मेवारीमा रहेका निकायहरुले एक अर्कालाई सहयोग गरेर एउटा प्वाइन्टबाट छलेर निस्कियो भने अर्को प्वाइन्टले त्यसलाई क्याप्चर ग¥यो । त्यस कारण सबैको भुमिका हुनुपर्छ । एउटा मात्रैको भुमिकाले राम्रो परिणाम आउँदैन । नाकालाई दुरुपयोग गर्ने,तस्करी गर्ने,अवैध कारोबार गर्ने प्रवृतिलाई पूर्ण रुपमा रोक्नको लागि सबै निकायको समन्वयकारी भुमिका आवश्यक छ । यी नै विषयमा छलफल पनि ग¥यौं । कुनैपनि हालत र बाहानामा उदासिनता देखाउने वा आफ्नो जिम्मेवारीमा क्रियाशिल नहुने अवस्था मान्य हुन सक्दैन । भन्सारसँग जोडिएका सरकारी निकायका जिम्मेवारी प्राप्त व्यक्तिहरु उच्च शतर्कताका साथ समन्वयकारी भुमिका निर्वाह गरेर काम गर्ने प्रतिवद्धता देखाउनुभएको छ । मलाई विश्वास छ । आउने दिनमा कुनैपनि चुक कुनै पनि तहबाट हुन नदिनेतर्फ सम्पूर्ण प्रयास गर्नुहुन्छ । भन्सारमा आवश्यक गर्ने प्रविधिको अपग्रेड गर्नेको लागि अर्थमन्त्रालय पूरा सहयोग गर्छ । विमानस्थलको भन्सारमा आधिकारीक व्यक्ति बाहेक जोसुकै व्यक्ति भएपनि भन्सारको नियम लागू हुनुपर्छ । भन्सारको निश्चित प्रक्रिया पूरा गरेर मात्रै प्रवेश पाउनुपर्छ ।’

उहाँले आउँदा दिनमा कुनैपनि छुट, कुनैपनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास गर्ने निर्देशन दिएको बताउनु भयो । उहाँले त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताउनु भयो । उहाँले विमानस्थलको भन्सारमा आधिकारीक व्यक्ति बाहेक जोसुकै व्यक्ति भएपनि भन्सारको निश्चित प्रक्रिया पूरा गरेर मात्रै प्रवेश दिन आग्रह गर्नुभयो । 


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२३.२७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन