लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउनुहुन्छ ? चिकित्सकको यस्तो छ सुझाव

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ । जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन् । तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ । पछिल्लो समय देशभर पशुहरु लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दुध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ । तर लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरु बताउँछन् । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दुध उमालेर खान सकिने बताउनु भयो । उहाँले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिनुभयो ।

उहाँले आज सम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताउनु भयो । लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चाँरीमा देखिने गरेको छ । डा.ढकालले भेडा,बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताउनु भयो । यदी रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दुध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ । यस वर्ष हालसम्म लम्पी स्कीन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको पशु विभागको तथ्याङ्कमा उल्लेख छ । डा. ढकालले पछिल्लो समय देशका विशेषगरी पहाडी, मध्यपहाडी र उच्च पहाडी भूभागमा रोग व्यापक रुपमा फैलिएको जानकारी दिनुभयो । २ लाख ३७ हजार २८१ पशुमा सकृय संक्रमण देखिएको छ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै संक्रमण देखिएको छ । 


डा. ढकालले भन्नुभयो, ‘लम्पी स्किन रोग जुनोटीक रोग होइन । यो पशुबाट मान्छेमा सर्ने रोग होइन । कतै पशुबाट मान्छेमा पनि सर्ने रोग हो की भन्ने प्रश्न पनि उठिरहेको छ । मान्छेलाई रोग लाग्छ की लाग्दैन भन्ने जिज्ञासा आउन सक्छ । आजसम्मको कुनैपनि अध्ययनले यो रोग मान्छेमा सरेको छैन नै भन्छ । यो पशुकै रोग हो । र, अन्य प्रजातीका पशुहरुमा पनि लागेको देखिएको छैन । भेडा,बाख्रामा पनि लम्पी स्किन रोग लागेको तथ्यांक छैन । यो रोग लागेको पशुको दुध उमालेर खान सकिन्छ । तर, उमाल्ने सन्दर्भमा कुनै स्वस्थ पशुको दुधपनि उमालेर खानुपर्छ । बिरामी पशुको उपचारमा एन्टीबायोटिकको प्रयोग भएको हुनसक्छ । यदी एन्टीबायोटिक प्रयोग गरिराखिएको छ भने त्यो एन्टीबायोटिक कुन एन्टीबायोटिक प्रयोगमा आएको हो, त्यसको निश्चित समयपछि खानु उपयुक्त हुन्छ । ढुक्कसँग दुध उमालेर खान सकिन्छ । यो संक्रमण देखिएको बेला पशुको उपचारमा प्रयोग भएका औषधिमा भने ख्याल गर्नुपर्ने हुन्छ । लम्पी स्किन रोग विशेषगरी गाई, भैंसी र चौँरीमा देखिने गरेको छ ।’

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा.ढकालले लम्पी स्किन एक किसिको भाइरसले लाग्ने संक्रामक रोग भएको बताउनु भयो । उहाँले लम्पी स्किन छिटो फैलने र यसले पशुका सबै अंग प्रणालीमा संक्रमण गर्ने बताउनु भयो । यसका लक्षणहरुमा छालामा घाउ नै घाउहरु देखिने, १ देखि ५ सेन्टीमिटरसम्मका गोला गिर्खाहरु बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने हुन्छ । अहिले लम्पी स्किन भाइरसबिरुद्धको खोप स्थानीय पालीकामा उपलब्ध रहेको डा. ढकालले बताउनु भयो । संक्रमित क्षेत्रबाट पशु किनेर पनि ल्याउन नहुने बताउँदै उहाँले एउटा पशुले गर्दा हजारौं पशुहरु संक्रमित हुनसक्ने बताउनु भयो ।


महामारी रोकथाममा किसान, उपभोक्ता, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीको भुमिका उल्लेखनीय रहने बताउनु भयो । बिरामी पशुलाई चरनमा लैजान नहुने उहाँको सुझाव छ । जैविक सुरक्षाको पालना गर्नुपर्ने भन्दै उहाँले पछिल्लो समय संक्रमित पशुहरुको संख्या भन्दा संक्रमणमुक्त पशुहरुको संख्या बढ्दै गएको जानकारी दिनुभयो । देशभर एक करोड २६ लाखको हाराहारीमा गाई, भैँसी रहेको विभागको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । डा.ढकालले सरकारले लम्पी स्किन रोगको सर्भिलेन्स गरिरहेको पनि बताउनु भयो । यो रोग मौसमसँग पनि जोडिएको छ । वर्षायाममा किराहरुको प्रकोप बढी हुने, विशेषगरी लामखुट्टे, झिंगा, भुसुना, किर्नाहरुले रोग सार्न सक्ने हुनाले तिनीहरुको प्रकोप बिस्तारै घटेपछि रोगको प्रकोप पनि घट्दै जाने चिकित्सकहरु बताउँछन् । 


डा. ढकालले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भन्नुभयो, ‘अहिले खोप उपलब्ध छ । नेपालमा आफैँ खोप उत्पादन गर्न नसकेपनि निजी क्षेत्रबाट खोपको आपूर्ति भएको छ । अहिलेसम्म तीन लाख भन्दा बढी पशुमा खोप लगाइसकिएको अवस्था पनि छ । संक्रमित पशुलाई खोप लगाउनु भन्दापनि उपचार गर्नु राम्रो मानिन्छ । रोग निको भइसकेपछि वा रोग लाग्नुभन्दा केही हप्ता अगाडी खोप लगाउनुपर्ने हुन्छ । खोप लगाइसकेपछि त्यसले शरीरमा प्रतिरोधी क्षमता विकास गर्नलाई पनि केही निश्चित समय लाग्छ । रोग फैलिरहेको बेला खोप लगायो भने खोपकै कारणले पशुको मृत्यु हुने हुनाले संक्रमित क्षेत्रमा उपचार गर्ने र जोखिम पशुहरुलाई खोप लगाउने काम अघि बढेको छ । यो रोग मौसमसँग पनि जोडिएको छ । वर्षायाममा किराहरुको प्रकोप बढी हुन्छ, विशेषगरी लामखुट्टे, झिंगा, भुसुना, किर्नाहरुले रोग सार्न सक्ने हुनाले तिनीहरुको प्रकोप बिस्तारै घटेपछि रोगको प्रकोप पनि घट्दै जान्छ । अहिलेको तथ्यांकले पनि के भन्छ भने संक्रमित पशुहरुको संख्या भन्दा संक्रमणमुक्त पशुहरुको संख्या बढ्दैछ । यसले पनि संक्रमणदर नियन्त्रण हुन्छ भन्ने संकेत गर्छ । तर, अर्को संक्रमणको लागि पूर्वतयारी गर्नुपर्ने हुन्छ । अर्को समयमा ठूलो संख्यालाई बचाउनका लागि खोपको सहज आपूर्ति गराउने विषयमा पनि विभिन्न सरोकारवालाहरुसँग छलफल भइरहेको छ । सबै पशु संक्रमित भएको अवस्था पनि छैन । केही क्षेत्रमा लम्की स्किन नपुगेको अवस्थापनि छ । हामी कहाँ  १० लाख पशुमात्रै संक्रमित भएको अवस्था छ । अझैपनि एक करोड भन्दा बढि पशुहरुमा रोग पुगेको छैन । तर, उनीहरु जोखिममा आउन सक्छन् । त्यसता पशुहरुलाई बचाउन विशेष ध्यान दिनुपर्ने हुन्छ । अहिले खोप स्थानीय पालीकामा उपलब्ध छ । पालीकाले निशुल्कपनि खोप लगाइदिरहेको अवस्था छ । संक्रमित क्षेत्रमा जानुहुँदैन । संक्रमित क्षेत्रबाट पशु किनेर पनि नल्याऔं । मेरो पशु बिरामी भयो म त बेच्दिहाल्छु भनेर बजारमा ल्याउनुभएन । एउटा पशुले गर्दा हजारौं पशुहरु संक्रमित हुन सक्छन् । त्यसले क्षती पुग्न सक्छ । महामारीको समयमा किसान, उपभोक्ता, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीको भुमिका उल्लेखनीय रहन्छ । पशु बिरामी छ की छैन भनेर किसानले आफ्नो पशुलाई निरीक्षण गर्नुपर्छ । बिरामी पशुलाई चरनमा लैजानुहुँदैन । संक्रमित पशुबाट अर्को पशुमा पनि सर्न सक्ने भएकाले ख्याल गर्नुपर्छ । जैविक सुरक्षाको पालना गर्नुपर्छ ।’

संक्रमण भइहाले तत्कालै नजिकैको पशु कार्यालय, स्थानीय निकाय, पशु प्राविधिकहरुसँग सम्पर्क गर्न सकिने र यो रोग लागेपछि पशुको मृत्युको कारण ज्वरो रहेको विज्ञहरुको सुझाव छ । लम्पी स्किनबिरुद्ध अहिलेसम्म तीन लाख भन्दा बढी पशुमा खोप लगाइसकिएको पशु सेवा विभागले जनाएको छ । 


काठमाडौं

बिहिबार, अशोज ४, २०८०

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन